२००७ सालदेखि सत्तामा ढलिमुलि गर्ने काङ्ग्रेसले प्रजातन्त्र र बिकासको नारा फुकेर देश लुटि रहँदा भारतलाई बेचि रहदापनि यसैले बिकाश गर्छ भनेर रूखमा छाप लाउन अझै छोडका छैनन । (बिकाश के कति भए सबैकाे आँखा अघि छ )
उत्त्तरी छिमेकी र केही कम्युनिस्ट मुलुकको बिकास देखाएर ,लोभ्याएर २०४६ देखि सत्तामा बसेको एमालेले पटक पटक लोप्पा खवाउदा पनि अझै तिनकै सुर्यमा छाप लगाएर देशकै पहिलो पार्टी बनाउँदै छन ।
स्वर्गीय महाराज बिरेन्द्रको हत्या पश्चात् राजा बनेका ज्ञानेन्द्र र युवराज पारशबाट वाक्क भएकाहरु राजा आएर देश बनाउछन् भन्ने आश मरेको छैन , राजा आउ देश बचाउका नारा अझै बाक्लै सुनिन्छ।
६२/६३ पछि नेतृत्व गरेको माओवादीले , सिङ्गापुर र स्विजरल्याड बनाउछु भनेर हाईटी कङ्गाे भन्दा गरिब बनाएर छाड्दा पनि अझै यिनका मिठा गफ पत्यार लाग्छन ।
राजधानीलाई राजधानी भन्न लायक , ब्यबस्थित बनाउछु भनेर आएकी जोस जाँगरले भरिएकी चेलीलाई हराउँछन ।
गुण्डा नाईके चुनाव जिन्छन ,ती नाईकेका नाईके बहुमत लेराउछन , अनि देश र जनताको लागि काम गर्छु भनेर आफ्ना बिदेशी विलासी जीवन त्यागेका सच्चा मनका ब्यत्ति युवा लुटतन्त्र फ्याँक्छु र पारदर्शीता र बिकाशकाे राजनिती गर्छु भनि आएकालाई लोप्पा खुवाउँछन ।
स्मरण रहेस यो अहिले हामीले उपयोग गरेका सेवा सुबिधा र बिकाश , समयको माग अनुसार आएका हुन कुनै तन्त्र वा पार्टीको देन हैन । सतीको सराप लागेको देश भेडै भेडाको देश कहिल्यै उभो लाग्ने छैन , लेखेर राख्नुस ।
साभार: कतै भेटेको

