eNepal

अस्ट्रेलीया छु साथी तर पाँच डलर मास्न पनि पाँच चोटी सम्झन्छु

व्हा गएको बर्ष दिन भएको छैन खुब बोल्न पनि पैसै तिर्न पर्ने जस्तो हामीलाई त बालै दिदैनस् है। डलरमै सुत्ने भईस कि क्या हो हँ। न फोन गर्छस् न म्यासेजको रिप्लाईनै। न हाई छ न बाई। खुब ठुलो भईछस् अस्ट्रेलीया गएर। बिहान बिहानै साथीको म्यासेन्जरमा म्यासेज आयो।

दुई हप्तामा बल्ल आज हो फुर्सद भएको। तिन दिनको कलेज अनि हरेक साँझको कामले कसैसँग न बोल्ने फुर्सद न त म्यासेजनै पठाउने। सबैले बिदेश गएपछि पुरै चेन्ज भयो। डलर छाप्न थाले पछि त साथी आफन्त कसैलाई गन्य छाड्यो। प्राय यो कुरा धेरैले सुन्ने बाक्य हुनु पर्छ। बिदेश जाँदैमा पैसाको खोलो बग्छ जस्तो सोचेर उ हेर्न के बिदेश गएको मान्छे गन्न छोड्यो फलानोको छोरोले त भन्दै गाउँमा डुक्रदै हिड्नेहरुले आमालाई सुनाउँदा हुन्। कहिले काँही आमासँग कुरा हुँदा भन्नु हुन्छ। तर बास्तबीकता कि त आमालाई थाहा छ कि त परदेशीएको परदेशीलाई।

म बिदेश गएँ, आफ्नै बलबुतोले गएँ। बिदेश जान्छ भनेर पैसा माग्दा कोहीले मुख बङ्गाए, कोहीले कति व्याज दिने भनेर व्याजको पर्खाल तेर्साए अनि कोहीले अन्कनाउँदै यहि सुन छ मिल्छ भने यहि राखेर पैसा झिक भनेर सहानुभुती दिए। तर कसैले बढेको हुर्केको छोरो हो लै म पैसा दिन्छु पछि गएर कमाएर तिरेस भनेर चुईक्क बोलेनन्। बोरु बैंकमा कुहियाएर राखेर बैकको ब्याज खाई रहे।

साथीहरु पनि खाँदा र दिदाका मात्र हुन् भनेर त्यहि बेला थाहा भयो। लौन यसो साथी हो अस्ट्रेलीया जान लागेको सहयोग गरन भन्दा कहाँ यार बाईक किन्न पैसा जम्मा गरेको छु भने, चाहाँदा दश बिस हजार गोजीबाट निकाल्न सक्नेहरु पनि छैन यार गार्हो छ भन्दै कुरा टार्न थाले। एकचोटी खान कतै बसेमा बिस पच्चिस हजार उडाउन कत्ति पनि नहिच्किचाउनेहरु सहयोग गर्न भने पछि दुई कदम पछाडी सर्थे। अनि मेरो भिषा आयो है भनेर के खबर सुनाएको थिए। लौ भरे बस्ने हैन त। कहिले दिन्छस् ट्रिट। मस्त रमाईलो गर्न पर्छ है। अव कहिले आउँछस् कहिले। जाने बेलामा रमाईलो गरेर जाएस।

बिदेश गएको महिना दिन बित्दैन गाउँलेहरु ओहो छोरोले कति पठायो हौ पैसा भन्दै घरमा आमालाई सोधेर हैरान पार्छन्।साथीले ओई एउटा मोबाईल पठाई देन त्यो पनि आईफोन नि। अनि के कस्तो छ हौ पैसा। यसो छ भने दश बिश हजार पठाई देन मुला तेरो दुई दिनको कमाई त हो नि।

आफु भने खर्च बचाउन दुई छाकलाई एकै छाक बनाएर खान्छु, दाल पकाए भने तरकारी बनाउँदिन। मासु पकाएर त्यसमै झोल बनाएर खान्छु। बाहीर खान हत्तपत्त अघि सर्दिन। उता गाउँघर साथीहरुको कुरा सुन्दानि पारो तातेर आउँछ। कति सजिलै भन्छन् बिदेशीए पछि त हामीलाई नि बिर्सीयो।व्हा क्या मोज छ है तेरो। अनि भन्न मन लाग्छ साथी तिमी मोजको कुरा गर्छौ यता म कतै गएर पाँच डलर मास्न पर्यो भने पाँच चोटी सम्झन्छु बुझ्यौ।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal