eNepal

मेल्बोर्नको ट्रेनमा नेपाली झण्डा

देश छोडेर बिदेश होमीए पछि बल्ल नेपाल अनि नेपाली पनको बढि याद आउँने रहेछ। जतिनै बर्गर , कफी लाट्टे र क्यापिचीनो खाएर फुई लडाए पनि कहिले काँही थकाली खाना, मो:मो अनि चिया खान बर्क स्ट्रिटको मो:मो स्टेसन होस् या चिल्ली एभरेस्ट नगई कोही नेपालीको मननै बुझ्दैन। आखिरी बिदेश बसेपनि गतमा त नेपालीत्व गडेर बसेको छ। अङ्ग्रेजहरु चिर्बीर् चिर्बीर गरेर ठुला ठुला भवनको मुनी बसेर चुरोट तान्दै गरेको सुनी रहेका हामीले परैबाट औल्याउन सक्छौ कि उ त्यो नेपाली हो भनेर किनकी एक नेपालीले अर्को नेपालीमा नेपालको गन्ध परैबाट पाएको हुन्छ।

हिजो त्यस्तै बिशेष काम परेर यसो सिटी तिर जाने जमर्को गरे। अक्सर पार्कीङको तनाब झेल्नु पर्ने भएकोले आफ्नो गाडी लिएर गई हालौ जस्तो लाग्दैन पनि। त्यति सजिलो ट्रेन छ किन ट्रेनमा नजाने। त्यहि बिचार गरेर ट्रेनमा हुईकिने जमर्को गरियो। ट्रेनमा दश थरीका मान्छे आफ्नै दुनीयाँमा मस्त थिए। कोही गफीदै थिए। कोही मोबाईलमा गेम खेल्दै थिए, कोही सामाजिक सन्जालको जालोमा आफुलाई लिप्त बनाई रहेको थिए।

एकाएक मेरो नजर ट्रेनका भित्ताहरुमा गए। सधै बिभीन्न बिदेशी एडभरटिजमेन्ट र ट्रेनमा पालना गर्ने नियमहरु र पुलीस मामाहरुको फोटो देखि रहेको आँखाहरु एकाएक धमिलो हुँदै गयो। टाडाबाट निक्योलनै गर्न सकिन आखिरी के रहेछ भनेर। नेपालको झन्डा रहित पोस्टर जस्तो लाग्यो। मानीसहरुको भिडले गर्दा नजिक गएर नियाल्न सकिन्न। बिस्तारै भिडलाई पन्साउँदै पोस्टरको नजिक पुगेर हेर्दा यो छात्ती गर्वले सगरमाथा जतिको उचाईमा पुग्यो। नेपाली झण्डा अनि नेपाली आईडलका उत्कृस्ट कलाकारहरुको पोस्टरले यो शिर त्यसै स्वाभिमानको चरमबिन्दुमा पुगेको अनुभुती भयो।

सधै नेपाली ग्रोसरी पसलहरु, नेपाली क्याफे र रेस्टुरेण्ट अनि कन्सल्ट्यान्सीमा सिमीत नेपाली ईभेन्ट्सका पोस्टर पहिलो चोटी मेल्बोर्नको ट्रेनमा राखिएको थियो जसको शुरुवात स्मार्ट एक्सिस एण्ड ईन्टरटेनमेन्टले गरेको थियो। पहिलो नेपाली रियालीटी शो नेपाल आईडलका टप तिन कलाकारहरुका साथमा केही अन्य कलाकारहरुलाई लिएर गर्न लागिएको My Nepali Fest- Nepali Food Feista को प्रचार प्रसारको पोस्टरहरु थिए जुन मेल्बोर्नमा सम्भवत पहिलो चोटी थियो।

यस बिशेष कार्यक्रम आगामी ३ डिसेम्बर २०१७का दिन ब्याटमेन रोयल कोबर्गमा बिहान ११ देखी साँझ ९:३० सम्म हुने छ भने नेपाली खानाका स्वादहरुको मेला पनि लाग्नेछ। यस कार्यक्रमलाई चिरपरिचीत नेपाली कार्यक्रम प्रस्तोता साथै नेपाल आईडलका एक उद्घोषक शुशील नेपालले साथ दिदै छन्।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal