eNepal

कबिता: यता र उताको दशैं

उता घरमा फुलपाती भित्राउँदै गर्दा
यता म निन्द्रामा झस्कदै आमा भन्छु
उता जौंले टुसा निकाल्न बल लगाउँदै गर्दा
यता म कागजमा सुर्ती भर्दै रोलीज बटार्दै गर्छु

उता घरमा खसीले घोक्रो सुकाईन्जेल म्याँ म्याँ गर्दा
यता म अलार्ममा सेट भएको भालेको डाकको प्रतीक्षारत हुन्छु
उता घरमा खड्कुलोमा पानी बसाल्न दाउरा चिर्दै गर्दा
यता म ईलेक्ट्रिक कित्लीमा कालो चिया पिउनलाई पानी भर्दै हुन्छु

उता घरमा केरा र लौकालाई पुजा गरेर थानमा अगरबत्ती बाल्दा
यतामा रोलीज झिकेर लाईटरले प्याट्ट पार्दै फ्वाँ फ्वाँ धुवा उडाउँदै हुन्छु
उता घरमा काकाहरु भेला भएर भुटन र रक्ति खाँदा
यता म सेभेन ईलाभेनमा एक डलरको कफी पिउन दश चोटी सोच्दै हुन्छु

उता घरमा माईलालाई खसीको कान, गर्दन र पुच्छर छुट्याउदा
यता म किचनमा आएको खसीको आन्दा जति लामो डकेट छुट्याउँदै हुन्छु
उता सबैको घरमा मासु खाएर खसीनै ढ्याउ गर्दै गर्दा
यताम खाली पेटमा ग्यास्ट्रिकले भरिएको हावा निकाल्दै हुन्छु

उता बाले जो हो गरेर सन्दुकमा राखेको पैसा ज्वाई चेलालाई भागबन्डा लगाउँदा
यता म यो सेमेस्टरमा अपुग तिन हजार माग्न साथीलाई घच्घचाउँदै हुन्छु
उता बाले अगेनो माथि खसीका साप्रा सुकाउनै लाग्दा
यता म निथ्रुक्कै पसिनाले भिजेको एप्रोन १० मिनेटको ब्रेकमा ओताँउदै हुन्छ

उता बाटामा सुटकेश बोकेर लाहुरेहरु घर फर्किदै गर्दै
यता म ट्रेन छुट्लाकि भन्दै एकै साहसमा लम्कदै प्लेट फर्म तिर मुन्टिदै हुन्छु
उता साथीहरु फुर्को टिप्न लिङ्गे पिङ मच्चाउदै गर्दा
यता म बङ्रङ्ग सिटमा बसेर कानमा एयरफोन घुसार्दै हुन्छु

उता साथीहरु डाईसमा पैसा राखेर अलिकति मार्दै गर्दा
यता म खोपीमा आएको चिट्टी च्यात्दै हुन्छु
उता नयाँ लुगामा टिका र जमरा लगाउँदै मामाहरु कलब्रेक खेल्दै गर्दा
यता म अस्ति लिएको सापटी तिर्न साथीलाई खाता न: माग्दै हुन्छ

https://www.facebook.com/bedu.nepal/posts/1838586949503548

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal