eNepal

मलाई पुरै ……गर्न दिने भए म काम लगाई दिन्छु भन्दै यौन पिपासुहरु सल्बलाउँदै छन् अस्ट्रेलीयामा खबरदार

नेपालीहरुको अस्ट्रेलीयामा चाप अत्याधिक बड्दै गएको छ। उच्च शिक्षाको बहानामा होस या बिधार्थीसँग डिपेन्डेन्ट भएर होस् बिधार्थीको प्रमुख गन्तव्य बन्दैछ अस्ट्रेलीया। अस्ट्रेलीया आउनु मात्र कुनै ठुलो कुरा होईन। आएपछि जिवनशैली सहज बनाउन काम मुख्य कुरा हो। काम भन्ने बितीक्कै पक्कै पाईदैन। कामको लागि पहिलो कुरा शिप चाहिन्छ जुन अक्सर नेपालीसँग हुँदैन। घरमा ढलेको सिन्को नभाँचेकाले एक्कै चोटी काम गर्न त्यति सजिलो पनि छैन। शिप नभए पछि ठुलो र उद्धमशिल काम खोज्नु पनि मुर्खै हो। फेरी शिप नभए पछि साहुले पनि झटपट्ट बिस्वास पनि गर्दैन किनकी उसँग दक्ष जनशक्ति भएका कामदारको कमीनै हुँदैन।

आजकाल नेपालीहरु पनि बिभीन्न पेजहरु खोल्दै कामका बिज्ञापनहरु राखेर बिधार्थी बहिनीहरुलाई सेवा दिनमा तल्लीन छन्। तर यस्ता पेजमा कामको प्रलोभन देखाएर अनैतिक क्रियाकलापहरु गर्नेहरु पनि बजारमा सल्बालाई रहेका छन्।

काम नपाएर छटपटाएर बसेका बिधार्थी भाईबहिनीहरु कसैले काम लाईदिने आशमा हरेक दिन आउने यस्ता पेजलाई फलो गर्ने गर्छन्। कति जायज कामहरुका बिज्ञापन हुन्छन् भने कति मान्छेलाई भ्रम र झुक्याउने प्रबृतीले पोस्ट गर्न लगाईएको हुन्छ। सेवा गर्नु धर्म हो तर सेवाको नाममा फाईदा लिनेहरुको कमी पनि छैन यहाँ। काम लगाएर कमिसन लिने देखी कामको पहिलो तलब दिने सम्मको बार्गेनीङ हुन्छ त्यो पनि आफ्नै दाजु भाईसँग।

यी त सामान्य भए यहाँ त यति सम्म हुन्छ कि केटीहरुको नम्बर लिएर मानसिक तनाब दिने देखी शारीरिक तनाब दिने सम्मको हर्कत गर्छन्। एकचोटी काम लगाए बापत एकजनासँग समुन्द्र तटमा जानु पर्ने सम्मको सर्त आएको खबर समेत आएको थियो। यस्ता पेजमा कामको एडभर्टिज्मेन्ट राख्ने र केटीको नम्बर आएमा नम्बर हाईड गरेर केटीहरुलाई सताउने सम्मको हर्कत गर्ने खबर सुन्नमा आएको छ।

यस्तै घटनाले फेरी बजार तताएको छ। कती सम्म गद्दार र फटाहा हुँदा रहेछन् केटाहरु भन्ने कुराको ज्वलोन्त उधाहरण हो यो। नाम नबताउने सर्तमा एक जना बहिनीले भनेको कथा हो यो। मलाई फुल ….. दिने हो भने म तिमीलाई काम लाईदिन्छु भन्दै एउटा नम्बरबाट म्यासेज आउँछ। डरले उसले त्यो नम्बरलाई ब्लक गर्छिन। एकजना नेपाली केटाले मिठो आश्वासन दिएर अन्त्यमा शारिरीक सम्पर्क गर्न दिएमा काम दिने कुरा गर्छ भने के भन्ने।

हामी कहाँ छौ र के गर्दै छौ। कति सम्म तल्लो स्तरको घृणीत शोच भएर यो देशमा बस्दै छौ। के केटी भनेको मनोरन्जनको साधन मात्र हो! यस्ता नालायकहरुको मौका पर्यो भने नामनै पर्दाफास गर्न पनि हामी डराउँदैनौ। कम्सेकम छोरी चेली माथी सम्मानको नजरले हेर्न सिक कुनै खेलाना नसम्झ। अर्को कुरा अस्ट्रेलीया हो र यहाँको कानुनको फन्दामा पर्यो भने के हुन्छ त्यो बुझ्न जरुरी छ। यौन पिपाशु बनेर आफ्नै चेलीबेटीलाई गिद्देनजर लगाउनु भन्दा बोरु सरकारले बैधानीक रुपमै ईजाजत दिएको वेश्यालयमा गएर यौनप्यास मेटाउ तर आफ्ना चेलीबेटीलाई बिभीन्न प्रलोभन देखाएर मानशिक र शारिरीक तनाब नदेउ।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal