eNepal

अस्ट्रेलीया आउनुमा कुनै ग्लानी छैन

खासै ठुलो सपना बुनेर अस्ट्रेलीया आईएन। साधारण पारिवारीक पृस्ठभुमीमा हुर्केको भएर ठुलो महत्वकाङ्छी सपना पनि बुनीएन। पढाईलाई निरन्तरता दिदै काम गर्छु र घरमा मिले सम्म खर्च जुटाउने कल्पना गरेर अस्ट्रेलीया आएको थिएँ। नेपालमा केही ईलम गर्न खोज्दा खोज्दै पनि कतै नपाए पछि आएको भएर खासै कुनै पछुतो थिएन बिदेशीनुमा।

कुनै ठुलो कामको लोभ र आशापनि थिएन। सामान्य काम जुन सबैले गर्छन् त्यहि काम गरे। घरमा काम यस्तो गर्छु उस्तो गर्छु भनेर गफपनि लगाईन साथीहरुले सोद्धापनि जे गर्छु त्यहि भनि दिन्थे। कमाई नहुने हैन राम्रै हुन्थ्यो। जस्तो छ त्यहि भन्दिन्थे।

मान्छेको जात कहिलै चित्त नबुझाउँने हुन्छ भन्थे तर मलाई आफ्नो बिगतलाई सम्झेर बर्तमानलाई हेरेर चित्त बुझाउँथे तर मान्छेहरु आफ्नो बिगतलाई नहेरी एक्कै चोटी धेरै कमाउँ, अरुलाई देखाई हालौ भन्ने भएर आफ्नो मनलाई बुझाउदैनन्। कुन धरातलबाट आएको थिए र आज कहाँ छु नबुझ्दा सधै जिन्दगीमा तनाब लिएको यत्रतत्र देख्छु। हिजो दश हजारको जागीर खाएर आफ्नो परिवारले जिवीको पार्जन गर्दा चित्त बुझाउनेहरु आज एक्कासी आलिसन जिन्दगी खोज्दा लाग्छ कि पुङ न पुच्छरको स्वाङ पार्दै बाटा बिराए जस्ता।

आज यहि कामले घरको खर्च जुटाएर चाडबाड आउँदा पैसा पठाएको छु। अस्ती बालाई बाको मुख हेर्ने दिन घडी पठाई दिएको, नारीमा लगाएर छोरोले अस्ट्रेलीयाबाट पठाई दिएको भन्दै हिड्छन् रे। आमालाई खर्छ भनेर गोडा दुईचार हजार पठाई दिएकै छु।कलेजको पैसा पनि तिरेको छु, मेरो यताको घर खर्च पनि मजाले चलेको छ। मलाई कुनै ग्लानी छैन अस्ट्रेलीया आएको मा। म खुसी छु र सबै जना जे छौ जस्तो छौ त्यसमै खुसी रहनु पर्दछ।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal