आज घर छोडेको 23 महिना पुगेछ। समय परिवर्तनशील हुन्छ। हिजोको कोइला आज अमुल्य हिरा भएको छ अनि त्यो बलियो चुरो काठ खरानीको धुलो बनेर उडिरहेको छ। हिजो अष्ट्रेलिया आउदा जे थिए आज त्यो छैन म……र आज जे छु भोली हुने पनि छैन। धेरै कुरा परिवर्तन भए होला तर मेरो ईमान्दारिता, धैर्यता अनि आमाका आदर्श विचराहरूमा आजसम्म खिया लागेका छैन्न ।
थोरै कुरा गुमाएको मैले धेरै कुराहरु प्राप्त गरेको छु यो समयमा। भाई बहिनी अनि परिवारको जिम्मेवारीनै मेरा माॅगदशक हुन……केहि तिता अनुभवहरू भुलेर सुनौलो भविष्यको गन्तब्यमा पुग्न कोसिस गरॅदै छु। हिजो हामीसँग बोल्न नचाहनेहरू आज घर आउछन रे भनेर बाले भन्दा यो डलरको मुल्य चिन्न सक्ने अबसर पाएँ आमा। आमा आँखा भरी आसुँ टिलपिलाएका थिए बिदाइको हात हल्लाउँदै गर्दा तिमीले ।
ति मोति सरिका आसुँको मुल्य त कमाउन सफल भएको छैन् तर आमा कुनै दिन खुसिको लहर उर्लिएको सुनिन्छ भन्ने आशाका किरणहरू पठाएको छु आमा तिम्रो लागि । देशको माया मुटुभरी हुँदा पनि परदेशिएको तिम्रो छोरोको राष्ट्रप्रेम बरखाको त्यो नारायणी जस्तै ऊलियको छ आमा…..धैरै लेखन मन थियो आमा तर यो देशमा समय धेरै छिटो जादो रहेछ ….. छिटै भेटने मिठो आसा छ …..अहिलेलाइ बिदा हुने आज्ञा चाहे।
तिम्रो छोरो
जोगी
Sanjaya Bhatta
Queensland, Australia

