eNepal

आजकाल अस्ट्रेलीया पनि नेपाल जस्तै लाग्छ

मलाई आजकाल अस्ट्रेलीया आएको जस्तो कत्ति पनि लाग्दैन। घर नेपालीको अनि घरमा बस्ने नेपाली। ताप्केमा चिया पाक्छ। स्टिलको ग्लास जो नेपालबाट ल्याईएको छ,त्यसैमा चिया खान्छु। ताल परे पाउरोटी पनि चियामै चोबेर खाईन्छ टोस्ट गर्ने कस्को फुर्सद। हतार हतार ट्रेन चड्न स्टेसन गयो, लाईनै नेपाली हुन्छन्। कोही राता पहेला जर्सीमा कोही सेतो जर्सीमा कोही सुटमा त कोही क्याजुयल। कोही हाँसी हाल्छन् कोही उही नेपाली पारा ठिम् ठिम् परेका हुन्छन्।

काममा छिर्यो फेरी नेपाली। परैबाट चिच्चाउँछन् त्यहाँ पनि नेपाली पारा। ब्रेकमा खाजा खान बस्यो मगमग भात र कुखुराको मासुले नाकमा ठक्कर दिन्छ। कोही त नेपाली पारा भन्दै हातैले दबाउछन्। तलब थाप्यो हप्तामा अनि फेरी नेपाली पारा उता भट्टी यता पव रे। उही नेपाली पारा। कार्यक्रम हेर्न गयो त्यहाँ पनि नेपाली पारा। मेरो गर्ल फ्रे्डलाई हेर्यो रे अनि किन ठोकीन आईस् रे भन्दै एकै छणमा रणसङ्ग्राम हुन्छ। कलेज गयो यता फर्के नि नेपाली उता फर्के नि नेपाली भेटीन्छन्। धन्न पढाउने चाही छिमेकीहरु छन् अहिले सम्म।

फेरी हप्ताको एकदीन घरमा मो:मो पनि पाक्छ। कहिले काँही उधारो पनि चलेकै हुन्छ। उता राजनिती एता चाँही समाज, सङ्गठन। गफ उही नेताका भन्दा कम् छैनन्। घर पनि तराईका झिगटी र टाईलका भन्दा कम छैनन् । कति न २५ तलाको अपार्टमेन्ट अनि टक्क लिफ्टमा जाने सपना बोकेर आएको तर एकतले झिगटीका जस्ता घरमा बस्नु पर्छ। बरु स्याँ स्या हुदै हस्याङ र फस्याङ गर्दै त्यस्ता तलामा भ्याकुम लाउने चाँही काम पाईएको छ धन्न। चुनाब ताका फोन गर्या गर्यै गर्ने नेता चुनाब पछि फोन उठाउनन् ,त्यो पनि नेपाली पारा। त्यहि भएर आजकाल मलाई अस्ट्रलीया पनि नेपाल जस्तै लाग्छ।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal