हामी साँच्चै हाम्रो भवीस्यको कुरा देखेर कति रमाउँछौ है। बिलगेट्सको छोरीसँग तेरो बिहे हुन्छ मोज गर, धेरै कमाउँछस्, फलानो तेरो ब्वाई फ्रेन्ड हुन्छ, तँ आफै राज गर्छस्। तेरो बिहेको मिती यतिमा हो।यस्ता यावत कपोकल्पीत कुराले साँच्चै एकछिनलाई रमाईलो, मनोरन्जन र ठट्टा गर्न मज्जा आएको त छ तर साँच्चै बास्तबिकतानै पत्ता लगाउने कुनै एप बा सफ्टवेर वा ज्वतिषी भएर हाम्रो भविस्य फ्याट फ्याट भन्दिने हो भने आधा भन्दा नेपाली त पिर तनाब र डिप्रेशनको शिकार बन्थे होला।
किन की आधा भन्दा बढि नेपाली कर्ममा भन्दा यस्ता नचाहिदा कुरामा बिश्वास गर्छन्। एकछिन सपनाको सागरमा पौडी खेल्दै झल्यास्स हुँदा आफ्नो धरातल सम्झेर रुनेहरुलाई जे होस केही दिनको लागि रमाउन भएपनि testony बनाई दिएछन्। गजब छ बा। कुनै कुरामा लागि पर्न त सँसारले हामीबाट सिक्नै पर्छ। कसैलाई भोट हालेर जिताउन परेमा, कुनै कुरालाई भाईरल बनाउन जस्तै तेस्तोनी।
फेरी अर्को कुरा यस्ता साईटहरुले फेशबुकसँग लिङक गरेपछि नतीजा देखाउने भएकोले के यस्ता साईट केबल रमाईलो गर्नको लागि मात्र बनाईएको हो र भन्ने प्रश्न उठ्छ। कतै ह्याकर्सहरुले हाम्रो ब्यक्तिगत बिवरण लिनलाई जालझेल त गरि रहेका छैनन्। भोलीका दिनमा कतै आफ्नो फेशबुक ह्याक हुने, अश्लिल म्यासेजहरु आउने त हुने होईन। बुझ्न जरुरी छ। किनकी फेशबुकबाट ह्याकर्सहरुले म्यासेज पठाएर धेरैलाई तनाब दिएको र जसको फेशबुक हो उसैलाई थाहा नभईकन हावा म्यासेज आएर तनाब झेलेको घटना ताजै छ।

