eNepal

दाई! कस्तो लाग्यो मेरो उपहार( रक्षा बन्धन बिशेष)

एकाबिहानै मोबाईलमा अलार्म बज्यो,घुर् घुर् झल्याँस्स ब्युझिएँ। छेउमा राखेको बोतलबाट घट्घट् पानी पिएँ। चिसो मौसम झ्वाट् व्लेङकेट फाल्ने आँट पनि आएन। फेरी यसो पल्चेको मात्र के थिए।स्नुजले पुन: तर्सायो। जर्याक जरुक उठेर फ्रेस भए अनि आँखा मिच्दै ट्रेन स्टेसन दौडीए। ट्रेन आयो टक्क ट्रेनमा बसेर मोबाईल झिके।मोबाईलमा यस्तो म्यासेज रहेछ- दाई आज सँयोगले नाग पण्चमी र जनै पुर्णीमा एकै दिन परेको रहेछ। मैले पोहोर हातमा राखी बान्दै अर्को साल दाईको अस्ट्रेलीयाको भिषा लागोस् भनेर कामना दिएको थिएँ मेरो आशीर्वादले आज तपाई त्यहाँ पुग्नु भयो।

भन्नु हुन्थ्यो नि तँ र म त नछुट्टीकन बस्ने।यसरीनै सँगै रमाईलो गरेर बस्ने तर भनेको जस्तो कहाँपो हुँदो रहेछ र। बाजेले बिहानै घरको मुल ढोकामा नागका बेरीएका पोस्टर गोबरले टाँसेर भन्दै थिए। बाबु गएको नि ठ्याक्कै बर्ष दिन भएछ। आमा टिल्पील टिल्पील आँखाबाट आशु झार्दै भयो नि गुरु भन्दै मलाई तिनदीन देखी टुसा पलाएको क्वाटीमा भुटुन हाल भनेर बाजेसँग बिलाउन गर्दै हुनु हुन्थ्यो।तपाईले दसैमा लङ्गुरपुर्जा खेल्न त्यो गोबरमा राखेको एकरुपयाँ चोरेको सम्झेर कता कता हाँस उठ्यो अनि नरमाईलो पनि।

आमा क्वाटी चलाए पिच्छे स्याक्क स्याक्क गर्छिन् सायद तेरो मन पर्ने खाना भएर औधी सम्झना आएको होला। सखारै फोन गरेस दाईलाई भन्दै थिईन् तर बिचरा कामबाट थाकेर सुतेको होलास् भनेर खबर मात्र छोडे। यो तस्बीर भएपनि पठाएको छु मनले लिएर हातमा राख्नु। रक्षाको यो डोरोले दाईलाई शत्रुबाट बचाई राखुन्। जिन्दगीमा अझ धेरै प्रगती गर्नुर मिले सम्म दशैमा बिधा मिलाएर आउनु।
उही चेली

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal