eNepal

एनआरएनए अवार्ड केबल हात्तीको देखाउने दात मात्र

ए लौ हो भोली भित्रमा नोमीनेसन् हाल,अव नोमीनेसन् सकिन केबल एकदिन मात्र छ। कोही पढेका राम्रा कोही छन् भने नोमीनेसन गरि हाल्यौ।फेशुकमा आयो पोस्ट। अव नोमीनेसन त गर्ने केका लागि,किन र कसरी।अहँ जानकारी केही छैन। अवार्ड दिदैछ भने पछि कुन कुन बिधामा,के कस्तो आधारमा र किन दिदैछ भन्ने जानकारी हुन पर्छ कि हुँदैन।

कोही व्यक्तिले के का आधारमा म योग्य छु भनेर फर्म भर्ने।
अर्को कुरो अवार्ड भनेको एनआरएनएको सदस्यलाई मात्रलाई हो है र अवार्ड लिन पर्छ वा ईच्छुक हुनुहुन्छ भने एनआरएनएको सदस्य बन्नै पर्ने प्राबधान छ भनेर उर्दी लगाउन पर्यो र ती व्यक्तिलाई मात्र ईमेल जान पर्यो। नत्र कसरी चालीस पचास हजार नेपालीले थाहा पाउने।यदि सुचना पहिलानै आएको हो भने। ईमेल गयो कसलाई केबल एनआरएनको सदस्यलाई। के यस अवारडको हकदार एनआरएनको सदस्य नभईतन बाहीर बसेर समाजमा केही गर्नेको लागि हो की होईन?

भन्ने बेला अगाडी माईक्रोफोन छ भने अनि कुनै ट्युब च्यानलले लाईभ प्रशारण गर्दै भने कति मिठो ढङ्गबाट भनिन्छ अब हामी प्रोफेशनल भई सक्यो। पुरानो गल्तीबाट पाठ सिकी सकियो।यसलाई सुधार गर्दै लैजान्छौ। अब यस्ता गल्ती दोहोरीने छैन।अँह जति गरे नि दोहोरी रहन्छन्। हामी यहि बस्ने महान पढेलेखेका भनौदा, अरुले गरेको सधै देखेर सिके जस्तो टोपलीने त त्यहि गल्ती दोहोर्याउँछौ भने बिचरा हप्ता दिन घुम्न आएका नेताले के नै पो सिकुन् र गरुन् देशको बिकास।

कति हतार हो अवार्ड दिन। अर्को माघ आउँदैन। जहिले पनि तातै खाउँ जली मरौ नै हुने हो। किन राता रात अवार्डको सुचना आयो अनि रातारात म्याद सकियो। बिचरा कतिले थाहा पनि पाएन्न अवार्ड हुदैछ भनेर।कमसेकम् एउटा बिधामा कती जना ईच्छुक थिए अनि उनीहरुले गरेको योगदान त सोझा स्वस्तीक चिन्ह लाउन माहिर भएका जनतालाई प्रस्ट्याई दिएको भए हुन्थ्यो। के यो अवार्ड अहिलेनै दिन पर्ने त्यस्तो के थियो। कि यता पनि बर्खे बजेट कोल्याप्स हुने अवस्थामा थियो र रातारात देखावटी प्रमाणपत्र दिए जस्तो गरियो।

अब अवार्ड दिने भने पछि जुरी मेम्बर पनि जनतालाई थाहा हुनु पर्ने हो।अहँ जुरीमा को को हुनुहुन्थ्यो। जुरीले कसरी योग्य व्यक्ती छान्नु भयो कसैलाई थाहा भएन। उही फोटो देखीयो अनि बधाई दियो सकियो। अवार्डलाई गरिमामय बनाउने भनेको आयोजकले हो।मान्छेहरु त्यहि अवार्डको लागि कति सम्म मेहीनेत गरेका हुन्छन्। तर अवार्डको भ्याल्लु बढाउन किन नसकेको। खाली किन ह्या भई हाल्छ नि भन्दै लटरपटरमा टारीन्छ हरेक कुरा।

अर्को लाजमर्दो कुरो त अवार्ड लिनलाई स्वयम् आफै भाडा हालेर जान पर्ने, यति सम्म कि अवार्डको डिनरमा समेत आफैले पैसा हालेर खान परे पछि अवार्डनै लिन जानुको के नै औचित्य भयो र।यो के सम्माननै हो!

हुन त अव नयाँ जम्बो टोली बनेको छ एनआरएनएको। अव पहिलाका त्रुटीहरुबाट पाठ सिकेर भविस्यमा पक्कैपनि हरेक काम गर्दा जनतालाई लौ है हामी यसो गर्दै छौ र यसो गर्यौ भनेर जानकारी दिने परिपाठीको व्यबस्था होला। यस्ता अवार्ड कार्यक्रम हतारोमा नभईकन कमसेकम् थोरै अपजस आउने गरि आयोजना होस्। हुन त अवार्ड आफैमा बिवाद रहित रहन्न तर व्यबस्थित चाँही गर्न सकिन्छ होला। यस्ता अवार्डमा एनआरएनको सदस्यलाई मात्र समेट्नु भन्दा सबैलाई समेट्दा राम्रो हुन सक्छ र हरेक एनआरएनका वेभसाईटमा रहेका सुचना लगाएत सम्पुर्ण गतिबीधीहरु अपटुडेट रहने छ भन्ने कामना गरौ। यस्ता कार्यक्रमहरु हात्तीको देखाउने दाँतमा मात्र सिमीत नरहोस्।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal