eNepal

कबिता: माफ गर

– सागर सापकोटा


पुतली नै बनाएँ है, मेरै इसारामा नाच्छौ तिमि

आत्मनिर्भर किन बन्दिनौ, मेरै भर मा बाच्छौ तिमि

बोलि पिछे धोकाको बर्सात गर्छु ,

तेही बर्सात्मा भिग्दै चोखोमाया साञ्च्छौ तिमि

 

किन गर्छौ बिस्वास धेरै, लज्जित छु म आफ्नै प्रतिबिम्ब एना मा हेर्न

माया मैलेनि गर्छु तेसैलेत प्रयासरत छु स्वोरुप फेर्न

तर पचेन किन तिम्रो माया मलाई

तेसैले त राप ताप्छु हरेक पल तिम्रो बिस्वास जलाई

 

गल्ति तिम्रो हो माया , बौना हुनेलाई सागर अर्पित गर्दैछौ

धोकेबाजको साथमा  मिठा मिठा सपना भर्दैछौ

जसले तिम्रो बिस्वास को पाइला पाइला गला घोट्छ

त्यसैलाई जिबन सुम्पिन अगाडी सर्दैछौ

 

तर बधाई तिमीलाई तिम्रो मायाको पक्कै जित हुन्छ

यो रद्दी मनले पनि तिमीले जस्तै सपना बुन्छ

तिम्रा हरेक बात सुन्छ

अनि खुसि खुसि पाँच बसन्त त के  जुनी जुनीको साथ चुन्छ

Related posts

कविताः याद

enepal

पेट्रोलियम पदार्थको मुल्य पुनः वृद्धि

enepal

परदेशले सक्छौ फर्क भन्छ, मेरो देश ले हुदैन पर्ख भन्छ

enepal

कबिता: नयाँ वर्ष

enepal

राष्ट्रिय कविता महोत्सबमा प्रथम भएको कविता “झोलामा देश”

enepal

मेल्बोर्नमा मुक्तक संग्रह ” गुराँसहरु पलाँसहरु ” पस्कदै सुशील चालिसे

enepal