eNepal

नेपाली टोलीको विमानस्थलमा भव्य स्वागत, रोहित चन्द भने मालदिभ्सबाट सिधै इन्डोनेशिया गए

साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली काठमाडौं आइपुगेको छ ।

नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली काठमाडौंमा अवतरण गरेको हो । टोलीको स्वागतमा युवा तथा खेलकुद मन्त्री महेश्‍वरजंग गहतराज विमानस्थल पुग्नुभएको थियो ।

मालदिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनल खेलमा भारतसँग ३-० अन्तरले पराजित हुँदा नेपाल उपविजेतामा सीमित बनेको थियो । साफको इतिहासमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो ।

नेपाललाई फाइनलसम्म पुर्‍याउन सफल मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने नेपाल फर्किने कि नफर्किने भन्ने विषयमा पछि निर्णय लिने बताएका छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीका भेट्रान खेलाडी रोहित चन्द पनि मालदिभ्सबाट सिधै इन्डोनेशिया पुगे । टोलीका अन्य सदस्य स्वदेश फर्कंदा रोहित भने फर्किएनन् । उनी इन्डोनेशियाबाट लिग खेल्छन् ।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal