नेपाली क्यालेन्डर अनुसार नयाँ बर्षलाई एक बिशेष पर्वको रुपमा मनाएर स्वागत गर्ने परम्परा चलि आएको छ। के घर देश के परदेश जहाँ भएपनि नेपालीहरुको नयाँ बर्ष यानिकी बैसाख एक गते हर्षोल्लासका साथ मनाईन्छ चाहे मिठी मिठो खाएर होस या, प्रिय आफन्तजनसँग रमाईलो गरेर होस् या साथीभाई मिलेर पिक्नीक गएर होस।
नेपालीहरुको बढ्दो बिदेश जाने लहरसँग आजकाल बिदेशमा पनि बिशेष कार्यक्रमहरु गरेर मनाईने चलन चल्दै आउन थालेको छ।कतै डान्स पाटी त कतै साँस्कृतीक कार्यक्रमहरु आजकाल साधारण हुन थालेका छन् भने बिदेशमा रहेका नेपालीहरु रमाईलो गराउन नेपाली कलाकारहरु जाने चलन पहिलाको तुलनामा अलिक बढिनै रहेको छ।
यहि कुरालाई मनन गर्दै अस्ट्रेलीयाको मेल्बोर्नमा रहेको सहि हो ईभेन्ट्सले आगामी बैसाख १ गते यानिकी १४ अप्रीलका दिन नेपाली नयाँ बर्ष क्रुज पाटीको आयोजना गर्दैछ।कन्डेल कन्सल्ट्यान्सीको मुख्य प्रायोजन रहेको यस क्रुज पाटी मेल्बोर्नको डकल्यान्डमा ४ बजे सबै भेला भएर ५ बजेबाट पानीजहाजमा मेल्बोर्न शहर अनि समुन्द्र तटलाई नियाल्दै नेपाली खानाका परिकारको साथ र डिजेको साङ्गीतको तालमा करिब चार घण्टा साँझ नौ बजेसम्म चल्ने छ।ईस्टरको बिदा पनि पर्ने भएकोले यो बेला प्राय ईभेन्ट्स आयोजकहरुले कार्यक्रमहरु राख्ने गरेका छन् ताकि धेरै भन्दा धेरैको सहभागीता होस् र कार्यक्रम सफल होस्।
$५५ टिकट मुल्य तोकीएको यस पाटीमा अभिभावकको निगरानीमा दश बर्ष भन्दा तल उमेरका साना भाई बहिनीहरुलाई निशुल्क प्रवेशको व्यबस्था मिलाएको छ।टिकटको लागि तल पोस्टरमा रहेको व्यक्तिहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ।


