eNepal

मनिषा कोइरालाले श्रम बेचेकी हुन स्वाभिमान हैन

नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले पनि नेपाल सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरे पछि यो कदमको समर्थन गर्दै एउटा ट्वीट गरिन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रि-ट्विट गरेकी थिइन् । उनले त्यसमा लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

वि पी भन्नुहुन्थ्यो राष्ट्रियता भुगोल होइन भावना हो । मनिषा कोईरालाको आफ्नो कर्मभुमि बलिउड रोझेता पनि रगतमा नेपालीपन र मायाँ छ भन्ने कुरा उनको ट्विटबाट प्रमाणित भएको छ। देश बन्न ठूलो आकार र धन होइन इतिहास चाहिन्छ । आकारमा हामी भारतभन्दा सानो छौँ होला तर हाम्रो स्वाभिमान सानो छैन।भारतिय मिडियाले जे जति धावा बोले पनि हाम्रो देशभक्ती अनि आफ्नो गरिमा र शितलता कहिले डग्मगाउँदैन।

मनिषाले आफ्नो भुमि रक्षामा सरकारले गरेका राम्रो कामको प्रशंसा गरी देशभक्ति देखाउँदा ,बिचलित मानसिकता बोकि राग,द्वयस बोकि उनी प्रति नकारात्मक टिप्पणी गर्ने भारतियहरूले आफ्नो भुमि गुम्दाको पिडा कहिल्यै महशुस गरेका छन?पेशा परिवर्तन गर्न सकिन्छ देस परिवर्तन गर्न सकिदैन। बाघ भनेको बाघ नै हो आफ्नो यरिया होस या अरूको उ कहिले झुक्दैन श्रम बेच्न जहाँ नी पाइन्छ तर स्वाभिमान कहिले बेचिदैन तर मनिषाले सच्चा नेपाली र वीर गोरखालीको उदाहरण देखाई दिएकी छिन् । 

सलाम छ मनीषा

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal