eNepal

बाहिर हल्ला चलेजस्तो सजिलो छैन जापान

नेपाली भएर जन्मिनुको बाध्यता,रहर, देशको अस्थिर राजनैतिक अबस्था, बेरोजगारले भनौँ या युवाहरू विदेशिने क्रेजको कारण मलाई पनि विदेशिन बाध्य बनाएको ५ बर्ष भएछ । थाहै नभइ ५ बर्ष बितेको छ । यो अवधि मलाई अझै वर्ष होइन महिना जस्तो लागिरहेको छ । किनकि ५ वर्षको यत्रो लामो समयावधिभित्र के उपलब्धि हासिल भयो, कति पैसा कमाइ भयो ,के अनुभव बटुल्यो भनेर प्रश्न गरेमा अनुत्तरित छु ।

अरू विदेशिएका युवाहरूको हकमा मलाई रत्तिभर थाह छैन तर म जस्तै जापानमा रहेका कैयौँ युवाहरूसँग यि प्रश्नहरूको जवाफ छैन । जापान दुख गरेर बनाएको देश हो भनेर जापानीहरूसँग कुराकानीमार्फत थाह पाए ,यसमा शंका गर्ने कुनै ठाउँ छैन । किनकि उनीहरू लामो समय काम गर्छन् ,जिम्मेवारीलाई महत्वपूर्ण रूपमा लिन्छन्। जतिनै दुख गरेपनि देशको लागि तिर्नुपर्ने कर, विल, विभिन्न बिमाहरू समय अगावै तिर्ने गर्दछन् । हामी नेपाली हाम्रो देश नेपालमा हुँदा फरक वातावरणमा हुर्किँदै आयौँ ।

अविकसित देशबाट बिकसित देशमा एक्कासि आएर उल्लेखित कुराहरू पालना गर्नुपर्दा १० केजीको भारी बोक्न सक्ने बालकलाई ५० किलोको भारी बोकाएर थिचिएको जस्तै हो भन्ने ठानेको छु । भनिन्छ जापान एउटा विशाल महासागर हो ,पौडिन सके उत्रन सकिन्छ ,नत्र कि त अरूले रेस्क्यु गर्नुपर्ने हुन्छ नत्र ज्यान गुमाउनु पर्ने हुन्छ ।

जति पनि जापानमा आएका युवाहरू कन्सल्टेन्सी तथा बिभिन्न एजेन्टहरूको बहकाउमा लागेर मासिक दुई लाखको तलबको आशा, परिवार लान पाइने ,जे जतिपनि काम गर्न पाउने जस्ता अनर्गल प्रचार तथा भ्रममा परेर जापान आएको भेटे । सुनेको र देखेको जापान आकाश पाताल भिन्नता, भाषा लगायत बिभिन्न कारणले महिनौँ बेरोजगार भएर बस्न बाध्य, जापान सरकारले विद्यार्थीहरूको हकमा कलेज फि तिर्न २८ घण्टा भन्दाबढी काम गर्न अघोषित रूपमा कडाइ ,कुक, प्रशिक्षार्थी कामदारहरूको हकमा सम्झैतामुताबिक तलव सेवा सुविधा नपाएर बिभिन्न समस्याहरू झेल्न बाध्य छन् अधिकांश जापानवासी नेपालीहरू ।

मेरो ५ वर्ष लामो बसाइको अनुभव अनुसार जापान यस्तो देश हो । यहाँ विदेशीहरू स्थापित हुन कम्तीमा ४,५ वर्ष लाग्छ। यहाँ चाढै कमाएर अ।फ्नो सपनाहरू पुरा गरौ भन्ने सोच बिरलैले मात्र पुरा गर्ने गरेको पाइन्छ । आत्मबल र धैर्यता अनि कठोर परिश्रम को प्रयायको रूपमा जापानलाई बुझ्न सके भबिष्यमा पक्कै केरियर राम्रो हुन्छ जस्तो लाग्छ तर धेरै नेपाली युवाहरूहरू राम्ररी नबुझेर नै दुख पाएको हो जस्तो लाग्छ ।

केही काम गर्दा उचित परामर्श नै नगर्ने , जापानमा बिदेशीहरूले पालना गर्नुपर्ने न्युनतम आधार तथा नियमहरू पालना नगरी बाठो हुन खोजेर बाटो मोड्दा नै पछिल्लो समय जापानमा नेपालीहरू इमिग्रेसन र जापान प्रहरीको निगारानीमा परेको हो जस्तो लागिरहेको छ ।

हामी सानै देखि परावलम्बी प्रबृतिको बाताबरणमा हुर्किँदै आएका छौं ।जापानमा एकले अर्काको बारेमा सोच्न सकिदैन रहेछ चाहेर होस या नचाहेर यहाँ रहेका अग्रज नेपालीहरू मनि माइन्डेट भएका पाए किन रहेछ राम्ररी बुझेको छु किनकि यहाँ जे कामपनि सरसल्लाह लिएर आफैले च्यालेन्ज गर्न नसके यहाँ जीवनयापान गर्न साह्रै गाह्रो छ भन्न चाहन्छु । मेरो पनि ५ वर्षको अवधि संघर्षमय रह्यो अझै धेरै संघर्ष गर्न बाँकी छ धेरै किसिमका समस्याहरू भोगियो तर हिम्मत कहिल्यै हारिन ।

किनकि भोलिको दिनलाइ मैले मानसपटलमा चित्रण गरिसकेको छु । मेरो पनि अरू नेपाली युवा साथीहरूको जस्तै अनगिन्ती सपना अनि सस्यारू छन् तर ति सबै समस्याहरूलाइ समाधान गर्न पन्चबर्षिय योजनाहरू बनाएको छु । जापानमा अगाडि बढ्न खोज्नेहरूलाइ राम्रो अवसर देखेको छु तर समस्यासँग मुकाबिला गर्न नसके अनगिन्ति सपनाहरू तुहाउनु सिबाय केही देख्दिन म ।

हामीले केही सिक्दै पैसा कमाउनु छ ,भोलीको दिनहरूमा ति सिकाइहरूलाइ हाम्रै नेपालमा स्थान्तरण गरौँ । विदेशमा केही वर्ष परिश्रम गरौ अन्तमा हाम्रै देशमा लगानी गरेर देशलाइ अविकसित देशको सुचीबाट हटाउन हातेमालो गर्दै अघि बढौँ । विदेशिएका हामी युवा शक्तिहरूलाइ स्वदेशमै क्षमतअनुसार परिचालन गर्न हारगुहार गरौँ।

फुर्वा शेर्पा, जापान 

Related posts

एनआरएनए जापानको निर्वाचन दुरुपयोग भएको र चुनाव निष्पक्ष नभएको प्रतिवेदन सार्वजनिक

enepal

ओलम्पिक सुरु हुन दुई साता बाँकी रहँदा जापानले गर्यो आपतकालको घोषणा

Dev Chapagain

टोकियो ओलम्पिकका लागि जापान पुगेका युगाण्डालीलाई कोरोना पुष्टि

enepal

टोकियो ओलम्पिकका जापानी प्रतिनिधिहरुलाई अर्को हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने

enepal

जापानमा नेपाली खानाको स्वाद अब एकै छाना मुनि, आउनुहोस जमघट रेस्टुरेन्टमा

enepal

झुटो विवरण बुझाई ऋण लिएको आरोपमा जापानमा २ नेपाली पक्राउ

Ujjwal Khanal