eNepal

झुटो विवरण बुझाई ऋण लिएको आरोपमा जापानमा २ नेपाली पक्राउ

टोकियो । कोरोना भाइरसको कारणले आम्दानी घटेका घरपरिवारलाई जापान सरकारले दिंदै आएको बिना ब्याज ऋण प्रणालीकोदुरुपयोग गरेको आरोपमा २ नेपालीहरु पक्राउ परेका छन् । कल्याणकारी कोषमा आधारित ऋण प्रणालीबाट फर्जी विवरण बुझाई ४लाख येन लिएको विषयमा उनीहरु पक्राउमा परेका हुन । पक्राउ पर्नेहरुमा रेष्टुरेन्ट संचालक ३४ बर्षिय चुणामणि काफ्ले र अर्काएकजना रेस्टुरेन्टका कर्मचारी ४४ बर्षिय शिव प्रसाद रेग्मी रहेका छन् ।

ति दुई नेपालीहरुलाई आप्रवासन र शरणार्थी कानूनको उल्लघंन गरेको आरोप लगाइएको भएपनि उनीहरुले भने आफुहरु माथिलगाएको आरोपको अस्विकार गरेका छन्

आप्रवासन र शरणार्थी कानूनको उल्लघंन गरेको अनुसन्धानको क्रममा आरोपित उनीहरुले नक्कली कागजात तयार पारि जापानसरकारले साना तथा मझौला व्यवसायहरुलाई दिएको २० लाख येन अनुदान पनि लिएका हुन कि भन्ने शंकामा थप अनुसन्धान भइरहेकोसान्केइ शिन्बुनको अनलाइन संस्करणमा खबर छ ।

उनीहरुले यही बर्षको जुन महिनामा आफ्नो आम्दानी घटेको भनि सिन्जुकु कु मा रहेको समाज कल्याण परिषदको कार्यालयबाट ऋणलिएका थिए ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal