eNepal

आइपीएलको नयाँ सिजनका लागि गरिएको अक्सनमा को को परे

इन्डियन प्रिमियर लिग आइपीएलको नयाँ सिजनका लागि अक्सन सुरु भएको छ । जसमा सन्दिप लामिछानेको टिम दिल्ली डेयरडेभिल्सले इंग्ल्याण्डका जेसोन रोयलाई अनुबन्ध गरेको छ । उनलाई दिल्लीले एक करोड पाँच करोडमा अनुबन्ध गरेको हो ।

अष्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेल १० करोड ७५ लाखमा किंग्स इलावेन पञ्जावले खरिद गरेको थियो । उनीमाथि दिल्लीले अन्तिमसम्म बोल लगाएपनि पञ्जालले बाजि मार्यो ।

यस्तै अक्सनमा कोलकाताले रिलिज गरेका खेलाडी क्रिस लियोनलाई मुम्बईले बेसप्राइस २ करोडमा अनुबन्ध गर्यो । इयोगन मोर्गनलाई कोलकाता नाइटराइडर्सले ५ करोड २५ लाख खरिद गर्यो ।

यस्तै रविन उथप्पालाई राजस्थान रोयल्सले ३ करोडमा भित्र्यायो भने आरोन फिन्च ३ दशमलव ४ करोडमा कोलकातामा अनुबन्ध भए ।

सुरुवाती चरणमा भारतका हनुमान विहारी र चेतेश्वर पुजारा अनसोल्ड भए । यसका साथै युसुफ पठानमाथि पनि कसैले बोलि लगायनन् ।

क्रिस ओक्सलाई दिल्लीले एक करोड ५० लाखमा भित्र्यायो ।

यस्तै प्याट कुमिन्स १५ करोड ५० लाखमा कोलकातामा अनुबन्ध भए । आइपीएलको इतिहासमा सर्वाधिक महंगो विदेशी खेलाडी बनेका प्याटलाई खरिद गर्न दिल्ली, बैंग्लोर र कोलकाता विच ठुलो प्रतिस्पर्धा भएको थियो ।

यस्तै अष्ट्रेलियन खेलाडी साम कुरानलाई चेन्नेई सुपर किंग्सले ५ करोड ५० लाखमा खरिद गर्यो । यस्तै बैंग्लोरले क्रिस मोरीसलाई १० करोडमा भित्र्यायो ।

विकेटकिपर एलेक्स क्यारेलाई दिल्लीले २ करोड ४० लाखमा अनुबन्ध गर्यो । यस्तै तिब्रगतिका बलर जयदेव अनादकटलाई तीन करोडमा राजस्थानले रोयल्सले टिममा लियो ।

यस्तै नाथन कल्टेर नीललाई ८ करोडमा मुम्बईले भित्र्यायो । सेल्डोन कोटरेललाई ८ करोड ५० लाखमा पञ्जावले लियो ।

यस्तै पिउस चाउलालाई ६ करोड ७५ लाखमा चेन्नेई सुपर किंग्सले लियो ।

विराट सिंहलाई सनराइजर्स हैदरावादले एक करोड ९० लाखमा खरिद गर्यो भने बरुन चक्रवर्तीलाई दुई करोड ४० लाखमा राजस्थान रोयल्सले भित्र्यायो ।

यस्तै १७ बर्षिय यशस्वी जैसवाललाई दुई करोड ४० लाखमा राजस्थान रोयल्सले लियो । रवी बैस्नोईलाई २ करोडमा पञ्जावले टिममा अनुबन्ध गर्यो ।

वेष्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान सिमरन हिटमेयरलाई सात करोड ७५ लाखमा दिल्लीले भित्र्याउन सफल भयो । तर अर्का खेलाडी इभीन लुइस अनसोल्ड रहे । डेविड मिलरलाई राजस्थानले ७५ लाखमा टिममा लियो ।

मिचेल मार्सलाई हैदरावादले २ करोडमा लियो भने स्टोनीस भने अनसोल्ड रहे । यस्तै एन्डील पेलुकवे र कोलिन मुर्नो पनि अनसोल्ड रहे ।

अष्ट्रेलियन खेलाडी जोस हेजलहुडलाई दुई करोडमा चेन्नेइले लियो भने मुस्ताफिजुर रहमान र अल्जारी जोसेफमा कसैले बोलि लगाएनन् ।

साभारः क्रिकनेपाल

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

enepal

आईपीएल अक्शनको पहिलो दिन: १५.५ करोड सहित इशान सर्वाधिक महंगो, सन्दिप भने बिकेनन्

enepal