eNepal

आईपीएल अक्शनको पहिलो दिन: १५.५ करोड सहित इशान सर्वाधिक महंगो, सन्दिप भने बिकेनन्

बैंगलोरमा शनिबार भएको दिनको पहिलो अक्शनमा ७४ खेलाडी लिलामि भएका छन्। पहिलो दिन सर्वाधिक महँगो मुल्यमा बाँया हाते विकेटकिपर ब्याट्सम्यान इशान किशन बिकेका छन्। उनलाइ १५.२५ करोड भारतीय रुपैंयामा मुम्बई इन्डियन्सले खरिद गरेको छ। त्यस्तै अनक्याप्ड खेलाडीमा पनि ठुलो मात्रामा धन वर्षा भएको छ। त्यस्तै अनक्याप्ड खेलाडीमा पनि ठुलो मात्रामा धन वर्षा भएको छ। अलराउन्डर शाहरुख खान तथा राहुल तेवतियाले ९-९ करोड प्राप्त गरे जबकी यिनिहरुको बेस प्राइस ४० लाख रहेको थियो।

१० खेलाडीलाई १० करोड भन्दा बढी मुल्यमा खरिद गरियो। जसमा ७ भारतीय खेलाडी सहभागि छन्। त्यस्तै लिस्टमा अनक्याप्ड खेलाडीमा आवेश खानलाई १० करोडमा लखनउले खरिद गरेको थियो।

शनिबार भएको लिलामिमा १० फ्रेन्चाइजसँग कुल ५६३.५० करोड रकम रहेको थियो। जहाँ ६०० खेलाडीमा बोलि लगाउनु पर्ने थियो। जसमा ९७ खेलाडीमा बोली लगाउँदा ७४ जना बिकेका छन्। १० टीमसँग अब १७३.४० करोड बाँकी छ। अब आइतबार पनि यो अक्शन जारी रहने छ। 

आवेश खान १० करोड (लखनउ), राहुल तेबतिया ९ करोड (गुजरात), शाहरुख खान ९ करोड (पञ्जाव),युजवेन्द्र चहल ६.५ करोड (राजस्थान),मुस्ताफिजुर रहमान २ करोड (दिल्ली),शार्दुल ठाकुर १०.७५ करोड (दिल्ली), भुवनेश्वर कुमार ४.२० करोड (हैदराबाद), लक्की फर्गुसन १० करोड (गुजरात), प्रसिद्ध कृष्ण १० करोड (राजस्थान), दीपक चाहर १४ करोड (चेन्नइ), इशान किशन १५.२५ करोड (मुम्बई), निकोलस पुरन १०.७५ करोड (हैदराबाद), जेसन होल्डर ८.७५ करोड (लखनउ),श्रेयस अय्यर १२.२५ करोड (कोलकाता), डेभिड वार्नर ६.२५ करोड (दिल्ली), क्विन्टन डिकक ६.७५ करोड (लखनउ) लगायत रहेका छन्।

पहिलो दिन पुर्व बंगलादेशी कप्तान शकिब अल हसन पहिलो चरणमा अनसोल्ड गएका छन्। उनले बेस प्राइस २ करोड राखेका थिए। त्यस्तै सुरेश रैनापनि २ करोड बेस प्राइस राखेपनि अनसोल्ड गए। त्यस्तै स्टिव स्मिथ पनि २ करोड बेस प्राइसमा थिए। उनी पनि अनसोल्ड गए।

पहिलो दिन नेपालका कप्तान सन्दीप लामिछानेलाई भित्र्याउन कुनै पनि टिमले चासो देखाएनन्। अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गरे पनि अक्सनको अन्तिम सूचीमा सन्दीपको नाम मात्र समावेश भएको थियो। अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारू (६४ लाख रूपैयाँ) रहेको छ। सन्दीप एसोसिएट खेलाडीको क्याटागोरीमा समावेश छन्। 

दुई दिनसम्म चल्ने अक्सनको पहिलो दिन सन्दीपको नाम अन्तिममा आएको थियो। तर उनलाई भित्र्याउन कुनै पनि टिमले चासो देखाएनन्। 

हिजो अनसोल्ड भएका खेलाडीलाई आज अन्तिम दिन टिमहरूले कोटा पूरा गर्न  न्यूनतम मूल्यमा लिन भने सक्नेछन्। 

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

enepal

नेपालले दुई स्थान सुधार गर्दै फिफा वरीयतामा १६७ औं स्थानमा पुग्न सफल

enepal