दिनहुँ जसो नेपालको एक मात्र अन्तरास्ट्रीय बिमान स्थलमा गएर हेर्ने हो भने हजारौ युवाहरु बिदेश पलाएन भएका छन् चाहे कामदारका रुपमा खाडी मुलुक होस् या ईपिएस प्रणालीमा कोरीया होस या उच्च शिक्षा हाँसील गर्ने बहानामा पाश्चात्य देशहरु अमेरिका, अस्ट्रेलीया, क्यानडा वा बेलायतनै किन नहोस। हजारौ शिक्षीत युवा बर्गहरु धमाधम बिदेश पलायन भईरहेका छन्।
आज धमाधम नेपाल प्रहरी र आर्मीमा काम गर्नेहरुले राजीनाम दिईरहेको समाचार आउँछन्
सर्सर्ती हेर्ने हो भने श्रृजनशील युवा धमाधम पासपोर्ट बोकेर यो नेपाली पासपोर्ट उचाली संसारमा लम्किन्छ भने जस्तो देशमा कुनै गरी खाने उपाए नभएर धमाधम भीषा लगाएर परदेसिनुले प्रस्ट पार्छ कि देश कति सम्म असफल भयो भनेर।आज धमाधम नेपाल प्रहरी र आर्मीमा काम गर्नेहरुले राजीनाम दिईरहेको समाचार आउँछन्। के ति नेपाल सरकारका जागीरेहरुले आफ्नो अनि आफ्नो परीवारको लागि त्यो खर्चले धान्न नसकेर धमाधम राजीनाम दिएका त होईनन्!
“यसले के प्रस्ट पार्छ भने देशको मेरुदण्ड युवा शक्ती दिनमा दुई गुना अनि रातमा चौगुनाले आफ्नो श्रम अनि योग्यता बिदेशी भुमी बनाउनमा खर्चित गर्न कटिबद्द भएर लागेका छन्”
दक्षिण कोरीया जानलाई आबेदन दिनेको सङ्ख्या मात्रै ६०००० भन्दा बढि छ यो बर्ष जसको तुलनामा गएको बर्ष भन्दा ९००० ले बढि हो। ३५०० को कोटा रहेको यो बर्ष गएको साल ८००० थियो। कति डरलाग्दो स्थिती छ हेर्नु होस हाम्रो देशको।यसले के प्रस्ट पार्छ भने देशको मेरुदण्ड युवा शक्ती दिनमा दुई गुना अनि रातमा चौगुनाले आफ्नो श्रम अनि योग्यता बिदेशी भुमी बनाउनमा खर्चित गर्न कटिबद्द भएर लागेका छन्।
४० देखि ५० लाख युवा विदेशिन बाध्य भएका छन् र यो सङ्ख्या बड्दो क्रममा छ
यो पटक कोरीया जानको लागि काठमाडौंबाट मात्रै ३१ हजार भन्दा बढी युवाले आवेदन भरेका छन् । काठमाडौंपछि सबैभन्दा बढी आवेदन धरानबाट १० हजार ५ सय भन्दा बढीले आवेदन भरेका छन् । यो त एउटा कोरीया जानेको लाम मात्र हो। समग्रमा दैनीकजसो हजारौ युवाहरु कुनै न कुनै तरीकाले बिदेश जान आतुर छन्। देशको बद्लिदो स्थिती, राजनिती खिचातानी, सोर्सलफोर्स र घुसपैठ अनि शैक्षीक योग्यताको कुनै कदर नहुनुनै यसको मुख्य कारक हुन सक्छ।
पछिल्लो जनसंख्याको परिणाम अनुसार युवाहरूको सङ्ख्या १ कराेड १५ लाख रहेकाे देखिन्छ । त्यसमध्ये ४० देखि ५० लाख युवा विदेशिन बाध्य भएका छन् र यो सङ्ख्या बड्दो क्रममा छ। नेपाल सरकार र देशको लागि केही गर्छौ भनेर लागि परेका सम्बन्धीत निकाएहरुले बेलैमा सजग नहुने हो र अविलम्ब युवाको लागि अल्प समयको लागि र लामो समयको लागि कार्यक्रमहरु नल्याउने हो भने देसको स्थिती भयाभव हुने छ। बेलैमा सजग हुन नेपाल सरकारको लागि जरुरी देखिन्छ।


