eNepal

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई ४ स्वर्ण

नेपाली खेलाडीले थाइल्यान्डको बैंककमा भएको पाँचौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ४ स्वर्ण जितेका छन् ।

विमला लामा, सुशान पाण्डे, सुजन श्रेष्ठ र अमर भुजेलले स्वर्ण जितेको टोली नेता बब्लु शिवाकोटीले जनाएका छन् । सुप्रिया बजगाईं र पूजा कुँवर फाइनलमा प्रवेश गर्दै कम्तीमा रजत पदक पक्का गरेका छन् ।

अरुण टमाटाले कास्यमा चित्त बुझाए । मलेसियामा २१ जुलाईमा भएको सरावक चिफ मिनिस्टर तेक्वान्दोमा सहभागी खेलाडीले हिरोज च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको प्रशिक्षक विकेस विडारीले जनाएका छन् ।त्यस्तै गरेर नेपालका सञ्जिव नेपालीले कांस्यपदक जितेका छन् ।उनले पुरुषको व्यक्तिगत पोम्सेको ४० वर्ष कम उमेर समूहको स्पर्धामा कांस्यपदक जितेका हुन् । उनको उमेर समूहमा ३२ देशका खेलाडीको सहभागिता रहेको बताइएको छ । उनका प्रशिक्षक राजु नगरकोटी रहेका छन् । सञ्जिवले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको उनको प्रशिक्षक नगरकोटीले बताए ।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

enepal

आईपीएल अक्शनको पहिलो दिन: १५.५ करोड सहित इशान सर्वाधिक महंगो, सन्दिप भने बिकेनन्

enepal