eNepal

भारतलाई हराउँदै आइसीसी विश्वकप क्रिकेट २०१९ को फाइनलमा न्यूजिल्याण्ड

भारतलाई पराजित गर्दै न्यूजिल्याण्ड आइसीसी विश्वकप क्रिकेट २०१९ को फाइनलमा प्रवेश गरेको छ।

दोस्रो दिन बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि न्यूजिल्याण्डले २३९ रन डिफेण्ड गर्दै भारतलाई पराजित गरेको हो। मंगलवार वर्षाका कारण पूरा हुन नसकेको पहिलो सेमिफाइनल खेललाई बुधवार पनि निरन्तर खेलाइएको थियो।

जहाँ किवी बलरले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई घर फर्कायो। २४० रनको लक्ष्य पछ्याएको भारतले ४९.३ ओभरमा सबै विकेट गुमाएर २२१ रन मात्र बनाउन सक्यो।

लगातार दोस्रो पटक फाइनल पुगेको न्यूजिल्याण्डले अब अष्ट्रेलिया र इंग्ल्याण्डबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ।

म्यानचेष्टरस्थित ओल्ट ट्राफोर्डमा मध्यम लक्ष्य पछ्याएको भारतले सुरुवाती ३ ओभरमा टप थ्री ब्याट्सम्यानलाई गुमाएको थियो। म्याट हेनरी र ट्रेन्ट बोल्टले भारतका ओपनर रोहित शर्मा, कप्तान विराट कोहली र अर्का ओपनर केएल राहुललाई आउट गर्दै न्यूजिल्याण्डलाई गतिलो सुरुवात दिलाएका थिए। तीनै खेलाडी समान १ रन बनाएर आउट भए।

दिनेश कार्तिक ६ रन बनाएर आउट भए। ऋषभ पन्त र हार्दिक पाण्ड्याले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। तर मिचेल सान्तनरले दुवैलाई आउट गरेपछि भारत ९२-६ को स्थितीमा पुगेको थियो। महेन्द्र सिंह धोनी र रविन्द्र जडेजाले सातौँ विकेटका लागि शतकिय साझेदारी गरेपनि न्यूजिल्याण्डले बलिङमा पुनरागमन गर्दै ३ विकेट झारेपछि भारतको फाइनल पुग्ने सम्भावना समाप्त भएको हो। जडेजाले सर्वाधिक ७७ रन बनाए।

 

 

 

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

enepal

आईपीएल अक्शनको पहिलो दिन: १५.५ करोड सहित इशान सर्वाधिक महंगो, सन्दिप भने बिकेनन्

enepal