eNepal

कोहलीले तोडे सचिनको कीर्तिमान

भारतीय क्रिकेट टिमा कप्तान विराट कोहलीले एक दिवसीय क्रिकेटमा सबै भन्दा छिटो ११ हजार पूरा गरेका छन्।

इंग्ल्याण्ड र वेल्समा भइरहेको आइसीसी विश्वकप क्रिकेटमा आइतवार पाकिस्तानविरुद्धको खेलमा कोहलीले यो उपलब्धी हात पारे। पाकिस्तानसँग खेल्नुअघि कोहले ११ हजार रन पूरा गर्न ५७ रनले टाढा थिए। उनले पाकिस्तान विरुद्ध ५७ रन बनाउँदै छिटो यो उपलब्धी हात पारे।

विराटले आफ्नै देशमा सचिन तेन्दुलकरभन्दा ५४ इनिङ्स अघि नै यो कीर्तिमान बनाए। विराटले २२२ इनिङ्स खेल्दै ११ हजार रन पूरा गरेका हुन्। सचिनले यसका लागि २७६ इनिङ्स खेलेका थिए।

सन् २००८ मा एक दिवसीयमा डेब्यु गरेका विराटले १० वर्ष ३०२ दिनमा यो उपलब्धी हात पारेका हुन्।

म्यानचेष्टरको ओल्डट्राफोर्डमा भइरहेको खेलमा विराटले ६२ बल खेल्दै ७१* रन बनाएका छन्। ४६.४ ओभरमा भारत ३०५/४ को अवस्थामा रहँदा वर्षाले खेल प्रभावित बनेको छ।

कोहली एकदिवसीयमा ११ हजार रन बनाउने तेस्रो भारतीय र समग्रमा नवौं खेलाडी समेत बनेका छन्। भारतबाट यसअघि सचिन सँगै सौरभ गांगुलीले पनि ११ हजार रन पूरा गरेका छन्।

त्यसअघि रोहित शर्माले यस विश्वकपमा दोस्रो शतक प्रहार गरेपछि भारतले शानदार सुरुवात गरेको थियो। यस विश्वकपमा पहिलो पटक ओपनिङ गरेका केएल राहुलसँग रोहितले पहिलो विकेटका लागि २३.५ ओभरमा १३६ रनको साझेदारी गरेका थिए। रोहितले ११३ बल खेल्दै १४ चौका र ३ छक्काको मद्दतमा १४० रन बनाए। उनले पहिलो खेलमा दक्षिण अफ्रिका विरुद्ध नटआउट १२२ रन बनाएका थिए भने दोस्रो खेलमा अष्ट्रेलिया विरुद्ध ५७ रन बनाए।

उनले यस विश्वकपमा ३१९ रन बनाइसकेका छन्। उनले दुई शतक र एक अर्धशतक प्रहार गरिसकेका छन्। सर्वाधिक रन बनाएका अष्ट्रेलियाका कप्तान आरोन फिन्च भन्दा रोहित २४ रनले पछि छन्। फिन्चले ५ खेलबाट एक शतकसहित ३४३ रन बनाएका छन्।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

enepal

आईपीएल अक्शनको पहिलो दिन: १५.५ करोड सहित इशान सर्वाधिक महंगो, सन्दिप भने बिकेनन्

enepal