eNepal

डिपेन्डेन्ट भिषामा जापान बस्दै आएका बिनयले गरे झुण्डिएर आत्महत्या

जापानको राजधानी टोकियोमा परिवारका साथमा बस्दै आएका बिनय खड्का नाम गरेका २४ बर्षिय युवाले आत्महत्या गरेका छन् ।जापान प्रहरीले खड्काले राजधानी टोकियोको निशिगाहारा रेल स्टेशन नजिकै रहेको पार्कमा मंगलबार बिहान आफैंले लगाएको कपडाले पासो लगाएर आत्महत्या गरेको पुष्टि गरेको छ ।

पार्कमा रहेको सिसिटिभी क्यामेरामा कैद भएको भिडियो हेर्दा खड्काले आफैंले लगाएको कपडा फुकालेर पार्कमा रहेको रुखमा झुण्डिएर आत्महत्या गरेको पाईएको प्रहरीले जानकारी दिएको दिनेश गुरुगंले जानकारी दिनु भयो। मृतक बिनय खड्काका पिता महेन्द्र खड्काका साथी गुरुगंले दिनुभएको जानकारी अनुसार आत्महत्याको बास्तविक कारण खुल्न सकेको छैन ।

प्राप्त एक अर्को जानकारी अनुसार आत्महत्याको अघिल्लो दिन साँझ बिनय कामतामा रहेकी श्रीमतीलाई लिन जान्छु भनी हिँडेका थिए ।कामता ससुराली पुगेपनि श्रीमतीसँग भेट नभएपछि फोनमानै कुराकानी गरेर फर्केका उनले पार्कमा पुगेर आत्महत्या गरेका छन् ।पछिल्लो समय श्रीमतीसँग घरायसी बिवाद रहेको बताईएका बिनयले आवेसमा आएर सोही कारण आत्महत्या गरेको ठानिएको छ ।

बिनय परिवारको डिपेन्डेन्ट भिषामा जापानमा बस्दै आएका थिए ।राजधानी टोकियोमा रेष्टुरेण्ट लगायत व्यवसाय गर्दै आउनु भएका महेन्द्र खड्का मृतक बिनयका पिता हुन् । जापानमा श्रीमती र एकमात्र छोरा बिनयसँगै रहँदै आउनु भएका खड्काको एकमात्र छोरी भने नेपालमा अध्ययनरत रहेको बुझिएको छ ।यसैबिच हाल ताकिनोगावा प्रहरी चौकीमा रहेको बिनयको जापानमानै दाहसंस्कार गरिने भएको छ ।

सिधा अनलाईनखबरबाट

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal