eNepal

सलमानको नेपाल दबंग टुर पुनः स्थगित

बलिउड अभिनेता सलमान खानलाई प्रत्यक्ष देख्न लालायीत फ्यानहरुलाई थप निराश पार्ने भएको छ कारण जेठ १२ गते हुने भनीएको नेपाल दबंग टुर पूनः स्थगीत भएको छ ।कार्यक्रम आयोजक ओडिसी इन्टरटेन्मेन्टले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् यो कुराको जानकारी दिएको छ ।

यसअघि बैशाख २६ गते आउने भनीएको कार्यक्रममा बिप्लप पार्टीले दिएको धम्की पछि शुरक्षाको कारण देखाउँदै कार्यक्रम स्थगीत गरीएको थियो ।यसपटक हुन लागेको  मितिमा पनि कार्यक्रम स्थगीत भएपछि सलमान नेपाल आउने नआउने अन्यौल देखिएको छ ।यद्यपी आयोजक ओडिसीले भने दर्शकहरुलाई आफ्नो टिकट शुरक्षीत राख्न आग्रह गरेको छ ।ओडिसीले सलमानको नेपाल भ्रमण विशेष कारणवश स्थगित गरिएको भनेपनि रेस ३ रिलिजको संघार, दशका दमको धमाधम चलिरहेको सुटिङ र चाँडै भारत फिल्मको सुटिङ सुरु हुन लागेका कारण सलमान नेपाल आउन नसकेकाे बुझिएको छ।

ओडिसीले सलमानको नेपाल भ्रमणकाे चाँडै नयाँ मिति घोषणा गर्ने बताएको छ ।कार्यक्रमका लागि सलमानले दबंग टुरका लागि ४ करोड बढी रकम लिएको बताईएको छ ।

साभार

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal