eNepal

नायिका ऋचा शर्माद्वारा सुनकेसरीको सिक्वेल बनाउने घोषणा

नायिका ऋचा शर्माले पनि बिहीवार आफू अभिनीत तथा निर्मित हरर फिल्म ‘सुनकेसरी’ को प्रिमियरमा दोस्रो भाग निर्माण गर्ने घोषणा गरेकी छन् । सिक्वेलका लागि ठाउँ बाँकी राखेका कारण चाँडै ‘सुनकेसरी ( २’ लिएर आउने बताएकी हुन ।

यो फिल्मले शुक्रवारबाट देशभरका हलमा प्रदर्शन सुरु गरेको छ । मल्टिप्लेक्समा उच्च शोज पाएको यस फिल्मले देशभर करीब ७० बढी स्कृन पाएको छ ।

सोलो रिलिजमा आएको यसले बक्सअफिसमा सुखद नतिजा ल्याउने फिल्मी पण्डितहरुको आँकलन छ । उक्त फिल्मको मल्टिप्लेक्समा अग्रिम बुकिङ आक्रामक छ ।

बिहीवार साँझ ठमेलको छाँया हलमा आयोजना गरिएको प्रिमियरमा ‘सुनकेसरी’ लाई सुखद प्रतिक्रिया मिलेको छ । करिश्मा मानन्धर, कर्मा शाक्य, विपिन कार्कीलगायतले फिल्मको तारिफ गरे ।

यस फिल्ममा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन् ।

उक्त फिल्ममा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ । फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह(निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् । 

साभार

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal