eNepal

ओपेरा हाउस अगाडी खिचेको सेल्फीले कस्तो छ “Aussie” जिन्दगी भनेर मुल्याङ्कन नगरेको नै बेस

फेशबुकका भित्तामा आजकाल प्राय बधाई छ फलानोलाई अस्ट्रेलीयाको भिषा लाग्यो भनेर कैयौ पोस्टहरु आएको देखिन्छ। दिनमै यतिवटा भिषा लाग्यो भन्दै गमक्क परेर पोस्ट गरेको देखिन्छ। भिषा लाग्दा सन्सारै जितेको महसुस भिषा कुरेर बसेका सबैलाई हुन्छ त्यो स्वभाबिकै हो। 

सपनाको मुलुकमात्र होइन नेपालबाट हेर्नेले स्वर्गकै उपमा दिइएको ठाउँको बारे सुनौला र बुनिएका सपनाले नदेखेको अस्ट्रेलीया प्रती यस्तो ठुलो भरोषा हुन्छकि अब लाग्छ जिन्दगी पुरै कायपलट हुनेवाला छ। 

के साँच्चै नेपालबाट सोचिने अस्ट्रेलीया अनि यहाँ आएपछि भोगिने अस्ट्रेलीयामा आकाश–पातालको फरक भएकै हो त? अस्ट्रेलीयालाई स्वर्ग ठान्नेहरुका लागि यहाँको समस्याहरु प्रती छनक मात्र दिए पनि धेरै राहत हुने थियो कि।ताकी कोही पनि अस्ट्रेलीयालाई स्वर्ग सोचेर लाखौं रुपैयाँ लगानी गरेर आउनेले पछुताउनु नपरोस्।

नेपालमा आफ्नै व्यबसाय गरेर बसेका अनि राम्रै पोस्टमा बसेर पचास हजार माथि थाप्नेहरु एकाएक आएर सरसफाई र हाउसकिपीङ अनि भाडा माज्न पर्दा कति हिनताबोध हुन्छ यो सुरुमै बझाई दिदा राम्रो हुन्छ जबकि पछि आईसके पछि डिप्रेसनको शिकार कोही नबनुन्।

बिचार गरौ दश चोटी आफैलाई प्रश्न गरौ के म बिदेश गएर परेको खण्डमा जे जस्तो भए पनि काम गर्छु। अनि जस्तोसुकै काम पनि गर्छु भन्ने आँट हिम्मत लिनुभयो भनेमात्र अर्को गोलार्द्धको यो संसारमा टिक्न सकिन्छ। किनकी यो ठाउँ भनेको कसैले कसैलाई मतलब नराख्ने, अनि परिआउँदा आफन्तले समेत मुन्टो बटार्ने, चिनेको छैन भन्ने ठाउँ हो।

जे पनि गर्छु परेको खण्डमा भन्ने सोचले आउदा हुन्छ। गएपछि मोज हुन्छ, डलर त टिप्ने हो, फ्रि भएर खुल्ला पन्छी जस्तो होईन्छ भन्ने सोच छ भने आउँदै नआउनु होस सपनाको दलदलमा फस्न। यहाँ बसेकाले हालेका ओपेरा हाउस अनि हार्बोर ब्रिज, समन्द्र तटमा खिचीएका मनमोहक फोटो, युरेका टावर र ग्रेटओसन रोडका तस्बिर हेरर कस्तो मोज रहेछ भनेर नेपालबाट मुल्याङ्कन नगरेकोनै बेश। अझ केही पनि शिप छैन, काम भनिकन खाएको थाल पनि आमालाई छोडेर उठ्ने बानी छ, अङ्गेजीको स्तर राम्रो छैन भने काम पाउन गार्हो हुन्छ। प्रगती गर्नलाई अङ्ग्रेजीमा कमाण्डिङ एकदमै जरुरी छ। हैन भने अस्ट्रेलीया बसाई टोक्नु न ओकोल्नुको सिबाय केही नहोला।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal