eNepal

हिमालय रोडिजको दोस्रो संस्करण आउँदै

चर्चित रियालिटी साे ‘हिमालय रोडिज’ को दोस्रो संस्करणको अडिसन बैशाख पहिलो साताबाट सुरु हुने भएको छ।
हिमालय रोडिजको अडिसन इटहरीबाट सुरु गरिने निर्देशक अमनप्रताप अधिकारीले जानकारी दिए।

चितवनमा बैशाख १०, बुटवलमा बैशाख १२ , पोखरामा बैशाख १५ र काठमाडौंमा बैशाख १८ गते अडिसन हुने जनाइएको छ।
गत संस्करणमा अडिसनमा १० हजार प्रतियोगीले भाग लिएकामा अन्तिम चरणका लागि १८ जना छनोट गरिएको थियो।

यस श्रृङ्खलाका निर्देशक अधिकारीले हिमालय रोडिजको पहिलो संस्करणले नेपालीहरुलाई स्वदेशमै उत्पादित टेलिभिजन कार्यक्रमतर्फ आकर्षित गर्नुका साथै स्थानिय दृश्यहरुतर्फ पनि प्रेरित गरेको बताए ।

दोस्रो सिजन चुनौतीहरुले भरिएको छ र उत्तिकै मनोरञ्जनात्मक पनि छ। हामी एउटा समूहमा रुपमा नयाँ अध्यायका लागि निकै उत्साहित रहेका छौं,’ उनले भनेँ।

दिया मास्के, रेमण्ड दास श्रेष्ठ र आशिष राना ‘लाहुरे’ यस सिजनमा फेरि निर्णायकका रुपमा पुनरागमन गर्दैछन्। पहिलो संस्करणका विजेता समन श्रेष्ठ र उप–विजेता अनिमेश शाही यस पटकका कार्यक्रम सञ्चालक छन्।

यस वर्षको हिमालय रोडिजको शीर्षक प्रायोजकमा ‘यमाहा एफ.जेड.’ छ भने स्टाइल पार्टनरमा ‘सेटवेट’ छ। कार्यक्रमको सञ्चालन ‘रेडवुल’ र ‘किटक्याट’ ले गर्ने छन्। हिमालय रोडिजको दोस्रो संस्करणको विजेताले नगद २० लाख रुपैयाँ तथा एउटा यामाहा बाइक पुरस्कार पाउनेछन्।
साभार: देश सञ्चार
तस्बिर: बर्षा शाह

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal