eNepal

समयसँगै परिपक्क र स्वाभलम्बी बनाउँछ अस्ट्रेलीयाले केबल धैर्य गर्न सक्नु पर्छ

नेपाल रहँदा रनभुल्ल पर्नु स्वभाबिकै हो। के कहाँ कस्तो भनेर सोचेरनै हैरान भईन्छ। अस्ट्रेलीया आएर यी कुरा ध्यान दिए धेरै राहत हुन सक्छ।

काम भनेको साथी भाईलाई भनेरनै पाईन्छ। लिङ्क छैन भने हम्मे हम्मेनै पर्छ काम पाई हाल्न। त्यहि भएर सके सम्म आफ्नो साथी वा आफन्त भएको स्टेटमा जाँदा हुन्छ। आईडिया भनेको चोरको पनि लिन पर्छ। त्यहि भएर अरुले केही भनेको छ भने ध्यान दिएर सुन्ने गर्नु पर्छ। प्रायले हेरौला बुझौला अनि खबर गरौला भन्छन् तर बेला बेलामा सम्झाई रहनु पर्छ। के गर्नु आफ्नो स्वार्थको लागि त्यति त गर्नै पर्यो।

अङ्ग्रेजी चाहिन्छ तर त्यस्तो खत्रा पनि चाहिदैन। शुरुमा हामीले काम पाउने भनेको हाउसकिपीङ, क्लिनीङ, किचनहैण्डनै हो जहाँ खत्रा ग्रामर मिलाएर बोल्नु त्यति आवस्यक छैन। जस्तो आउँछ फटटट चाँही बोल्ने। काम लगाउनेले तिम्रो कन्फिडीयन्ट हेर्छ अङ्ग्रेजी बोल्ने पछि आउँछ।

बोल्दा मिठो सभ्य भएर बोल्ने। ठाडो भाषा नबोल्ने। Sorry, Please, Excuse बातै पिच्छे हाले नि केही फरक पर्दैन।
Punctuality खासै हामी वास्ता गर्दैनौ। त्यहि भएर मुखमा आएको काम पनि फुत्किन्छ। जेसुकै होस् ईभेन्ट होस् वा कलेज वा काम ह्या पाँच मिनेट भन्ने बानी हुन्छ। यो बानीले सार्है दुख पाईन्छ बिदेशमा।
हाम्रो अङ्ग्रेजी ठाडो लाग्न सक्छ यहाँका गोराहरुलाई। त्यसको एउटै औषधी छ ङिच्च जबरजस्ती भएपनि हाँस्नै पर्छ। यो बानीले काममा टिकी रहन मद्दत गर्छ।

भेटघाट सैयौंसँग हुन्छ। यसो कोहीबाट केही फाईदा होला जस्तो छ वा मज्जाले गफ गरि रहेको छ भने उसको सम्पर्क नम्बर लिई हाल्नु ताकि कुनै दिन काम लाग्न सक्छ। पुछेर फालेको टालो त काम लाग्छ भनछन्। मान्छे हुन् एकदिन काम लाग्न सक्छन्।

कोही छैन भने तपाईको साथी भनेको मोबाईल फोन हुन्छ यो परदेशमा। अस्ट्रेलीया आउने बित्तीकै फोन लिन नसकिएला त्यहि भएर सकेसम्म नेपालबाट आउँदा समार्ट फोन लिएर आउँदा राम्रो हुन्छ किनकी Map एकदमै अपरिहार्य हुन्छ काम खोज्न जान होस् या कसैलाई भेट्न होस्। कलेज होस् या सपीङ।

अस्ट्रेलीया आएपछि बैक एकाउन्ट, ट्याक्स फाईल नम्बर, पब्लिक यातायातको टिकट अनि मोबाईलको सिम लिई हाल्नु पर्छ। भरिसक क्यास धेरै नबोकेकोनै बेश हुन्छ। यी कुराहरु आफैले अनलाईन भर्न मिल्छ।

आत्तिएर केही हुँदैन। एउटा आँट नभईकन कोही पनि बिदेश हिड्ने साहस गर्दैन्। आँट भएपछि हिम्मत आउँछ। हिम्मतले शक्ती दिन्छ अनि सकारत्मक शोचको बिकाश हुन्छ। हारले झन् उर्जा थप्छ। कडा मेहीनेत र परिश्रम गर्न हिच्किचाउनु हुँदैन। सबैलाई समयसँगै परिपक्क र स्वाभलम्बी बनाउँछ अस्ट्रेलीयाले केबल धैर्य गर्न सिक्नु पर्छ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal