eNepal

किन सबैको रोजाई: अस्ट्रेलिया ?

उचित  शिक्षा  र सुनिश्चित  भविष्य  निर्माण गर्ने इच्छाका साथ कयौं  युवा विदेश पलायन  हुन्छन् ।  आफ्नो  जन्मभुमि र परिवारबाट  टाढा  जानुको  पिडालाई  लुकाएर  उज्ज्वल  भविष्य निर्माण  गर्ने अठोटका  साथ   सपनाको  उडान  भर्छन्  र त्यहि विदेशको  रमझम  र चमक  मा बिलिन भई  हराउने गर्छन्।

नेपाल जस्तो सानो अविकसित  देश जहाँ  अभाव असुविधा  र समस्या  कुजिएका  उनिहरु सुविधाले  भरिपूर्ण  भएको देशमा रमाउने नै भए ।  हरेक सुबिधाले सम्पन्न र कयौं युवाहरुको इच्छा  र सपना पुरा गर्ने क्षमताले भरिपूर्ण  छ  देश अस्ट्रेलिया । भनिन्छ चहकिलो  बत्तिको वरीपरि  धेरै पुतलीहरु रम्छन् , त्यस्तै  छ  देश अस्ट्रेलिया  जो  एउटा चहकिलो बत्तिको रूपमा  संसारमा  चम्किरहेको छ । हरेक बर्ष लाखौं  संख्यामा   युवाहरु  भित्रिएर  रमाउने  गर्छन्  अस्ट्रेलियामा । क्षेत्रफलको हिसाबले ठुलो भएतापनि जनसंख्याको  दृष्टिकोण थोरै भएकाले युवाहरु भित्रिनुमा कुनै समस्या छैन। सबै सुविधाले सम्पन्न र सफल भएकाले युवाहरुको आकर्षणमा रहेको छ । मनिसको  गुणस्तर जीवनका लागि हरेक सुविधा, नियम  कानुनको उपलब्धता  छ । शान्त र स्वच्छ वातावरणले सिंगारिएको छ ।  हरेक व्यक्तिको आफ्नो अधिकार र जिउने हक प्रधान गरेको छ । महिला पुरुष समान रूपले सुरक्षित  हुनका  साथै  राजनीति स्थिरताका कारणले नै सबैलाई   लालायित  बनाउदै आएको  छ  | हरेक कामको  इज्जत र महत्व  दिने  भएकाले सबै आफ्नो खुट्टामा उभिएर केही गर्ने आशामा दौडिरहेका हुन्छन् । न दिन न रात निर्धक्क भएर कहिले पछि  नपर्ने लक्ष्यमा हुन्छन्  ।

जहाँ खर्च गर्न विचार गर्नु पर्ने र निर्णयको  लागि भरपर्नु पर्छ त्यस्तो  देशबाट आएका युवा आफैमा केहि गर्न सक्ने हिम्मत जुटाएर कहिले पछि नपर्ने आठोटका साथ अघि बढीरहेका हुन्छन् । सुविधा र अवसरको खुड्किला चड्दै गएका युवा युवती हरु आफ्नो उज्ज्वल भविष्य का लागि हरेक इच्छा र चाहना पुरा गर्दै सुन्दर  दिन बिताइरहेका हुन्छन् । त्यसैले आफ्नो परिवार र देश बिर्सदै गएका हुन्छन् , हुन पनि हो राम्रो अवसर  र उचित व्यवस्थापनलाई  छोडेर फेरी त्यहि दुख , अभाव  र अव्यवस्थित  परिवेशमा बाच्न फर्किएर आउलान्   भन्ने  सोच्नु मुर्खता मात्रै हुनेछ  ।

हरेक बाबु-आमाले माया लाई   हाँसोमा लुकाएर  आफ्नो सन्तानको सुखी  उज्ज्वल भविष्य निर्माण गर्न विदेश पठाउछन् तर सबै कुरा बिर्सिएर त्यो व्यस्त सहरमा अगाडी बढ्ने होडमा ती बुढा आमाबाबुलाई बिर्सिनछन् युवा युवतीहरु  ।

पिंजडा बाट मुक्त भएका पन्छी जस्तै खुला आकाशमा उड़दा उड़दै त्यहि आकाशमा हराउछन् ।त्यस्तै  एक पछि अर्को सपना पुरा गर्ने इच्छाका कारण नै विदेशीएका  युवा युवतीहरु यसरी नै   विकासित  देशमा बेचिएका हुन्छन्  ।

परिवार भने आफ्ना  सन्तानको प्रगतिका साथै उनीहरु फर्किएर आउने आशा मा बाचीरहेका हुन्छन् । फेरि चाड पर्व संगै मनाउने दुःख सुख बाड्ने इच्छालाई लिएर रातमा निधाउछन्  ।आधुनिक  संचारको साहाराले आँखा भरि आँशु बोकी याद हरु मा रमाउदै बिदेशी भएका सन्तति हरु लाई फर्की आउक्षन भन्ने आश पर्खिरहनछन्।

  • गितान्जली  ढकाल

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal