eNepal

अस्ट्रेलियामा काम नपाउनुको मुख्य कारण अल्छीपन र अरुको बाटो ताक्नुनै मुख्य

दाई काम खोज्दिनु पर्यो हेर्नु न आएको दुई महिना भयो कामनै पाएको छैन। एउटा भाईले फोन गर्यो र काम खोजी दिन आग्रह गर्यो। मैले भने अनि काम खोजेनौ त तिमीले। उसले भन्यो खै दाई चिने जानेको सबैलाई भने। सबैले कतै कामको खबर आयो भने बन्दिउँला, साथीहरुलाई कुरा गरौला भनेर आश्वासन दिए तर अहँ आज सम्म भुत्लोभाङ कतैबाट केही खबर आएको छैन। फोन गरेर सोद्धा पनि खै भाई भन्देको त हो। भए पछि खबर गरौला भनेर आश्वासन दिएका छन् अब जबरजस्ती गर्ने कुरो पनि आएन।

अनि तिमीले चाही काम खोजेनौ त। एकदुई दिन त हिडे दाई रेजुमे बोकेर तर अहँ कतैबाट कामको प्रतीक्रिया आएन। वाक्क लाग्यो अनि छोडे हिड्न पनि। मलाई कताकता हाँसो उठ्यो। आफुले छ महिनासम्म हजारौ रेजुमे बाड्दा त कुनै प्रतीक्रिया नआए पछी हरेस नखाईकन निरन्तर हिडी रहे कुनै जमानामा ।

धेरै हन्डर ठक्कर खाए पछि बल्ल काम पाईएको थियो। आजकालका युवा काम खोज्नु भन्दा पनि अरुको बाटो ताक्ने कारणले काम पाउँदैनन्। कामको लागि रेस्टुरेन्टमै जान पर्छ।कसैले घरमा आएर काम पक्कै दिदैन। कँही पनि एकै चोटी फुल टाईम काम पाईदैन। काममा पुरानो काम गर्नेहरुले काममा नगएर, समयमा नआई दिएर साहुलाई रिस उठी रहेको हुन्छ। उ पनि कोही क्याजुअलमा एक दुई दिन काम गर्ने मान्छे खोजी रहेको हुन्छ।पुरानो काम गर्नेलाई रिसनै उठेपनि एक्कै चोटी निकाल्न सकिरहेको हुँदैन। फेरी कामनै ठप्प हुन्छ तर त्यसको बिकल्प खोजी रहेका हुन्छन्। यस्तो बेला यदि कसैले रेजुमे छोडेको छ भन्ने उसलाई बोलाउने सम्भावना बढि हुन्छ।

अर्को कुरा कामका लागि खोलीएका वेभसाईटहरुमा क्लिक गरिन्छ तर सबै बिबरण भर्न अल्छी मानिन्छ। रेजुमे कतैबाट कपी र पेस्ट गरिन्छ। आफ्नो बेग्लै रेजुमे बनाउन अल्छी गरिन्छ। अस्ट्रेलीयामा रिफरेन्सलाई मुख्य मानिन्छ। रिफरेन्समा नाम सही राखिन्न। त्यस्तै परे अरुको रेजुमेमा जे छ त्यहि हुन्छ। त्यो सम्म ईडिट गर्न अल्छी गरिन्छ।

चिने जति र भेटे जतिलाई लौ न भन्दै गुहार गरेर घरमा फेशबुक चलाएर काम पक्कै पाईदैन।फेरी कोही कसैले पनि अरुको लागि त्यति धेरै समय खर्च गर्दैनन् पनि यो अति ब्यस्त शहरमा। सिधै हुँदैन भन्नका गार्होले मुखले ठिक्क पार्ने मात्र धेरै हुन्छन्। आफ्नो लागि गर्ने आफैले हो। अरुको मुख ताकेर बसे हप्ता महिना बितेको पत्तै पाईदैन। नेपालबाट ल्याएको ट्राभल चेक सकिन्छ। साथीभाईसँग लिएको उधारो सकिन्छ तर कोठामा बसेर लौन दाई दिदी भनेर काम पाईदैन। ४० डिग्रीको घाममा हिड्न सक्नु पर्छ, निन्द्रा भोक बिर्सन सक्नु पर्छ। फोनमा गुहार माग्नु भन्दा अनबरत रुपमा कामको खोजीमा भौतारीनु पर्छ। सैयौ ठक्करले झन स्वाबलम्भी र आत्मनिर्भर बनाउन सिकाउँछ। आफु भित्र गर्न सक्छु भन्ने सकारत्मक सोचको बिउ जन्माउँछ र एक दिन काम अबश्य पाईन्छ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal