तपाई अस्ट्रेलीया आउदै हुनुहुन्छ वा आउने शोच बनाउदै हुनुहुन्छ भने आफैले आफैलाई प्रश्न गर्नु होस् म अस्ट्रेलीया किन जाने। सबैले भन्ने यिनै हुन् पैसा कमाउन, उच्च शिक्षा हाँसिल गर्न, पिआर पाउन आदि ईत्यादि। अव प्रश्न उठ्ला के पैसा साँच्चै कमाईन्छ? पैसा कमाउन के गर्न पर्ला। त्यसको लागि काम कस्ता कस्ता हुन सक्छन्। कति घण्टा काम गरियो भने पैसा बचाउन सकिन्छ।
पहिलो कुरा तपाई कुन भिषामा आउन आट्नु भएको छ। तपाई आउन आटेको भिषाले काम गर्न पाईन्छ कि पाईदैन। काम गर्न पाए पनि कति घण्टा काम गर्न पाईन्छ। साथीले जति काम गरेनी बाल हुँदैन भन्थ्यो। के यो सत्य हो। अनि बिस घण्टा मात्रै काम गरेर टिक्न सकिन्छ त! फेरी कलेजको फी जुटाउन के गर्ने। समेस्टर भनेको छ महिना को हो कि हैन। तिन महिनामा सेमेस्टर सकिए पछि अर्को समेस्टरको पैसा जुटाउन त्यो बिस घण्टा काम गरेको पैसाले पुग्छ त!
बिधार्थीले बैधानीक रुपमा पाउने हप्ताको बिस घण्टा मात्र हो। अव यसको अलाबा क्यासमा काम गर्नेहरु पनि छन्।
फेरी नेपालमा एकाउण्टेन्ट भएर काम गर्थे त्यस्तै काम पाईने चान्स कत्तिको छ। के आफुले भनेको जस्तो काम गर्नलाई बिधार्थी भिषामा कत्तिको सजीलो हुन्छ। के कस्ता काम धेरै नेपालीले गर्छन्।
हुन त पैसा कमाउन खासै गार्हो पक्कै छैन तर बिधार्थी भिषामा पैसा जोगाउन हम्मे हम्मे हुन्छ। किनकी कमाई अनुसार खर्च पनि उत्तिकै हुन्छ। पैसा कमाउने कुरा आफुले कसरी जोगाउने भन्ने कुराले महत्व राख्छ। कोही हप्ताको पाँच दिन काम गरेर छुट्टीको दिन रमाईलो गर्ने प्रबृतीका हुन्छन् त कोही अलिकती भए पनि जोगाउँ र अर्को सेमेस्टरलाई जोगाउँ भन्ने प्रबृतीका पनि हुन्छन्।
अव कुरा आउँछ के म साँच्चै उच्च शिक्षा अध्ययनकै लागि आएको हो या पढ्ने त केबल बहाना हो। पाए सम्म काम गर्ने अनि पैसा कमाउने शोचमा आउने त्यसले पनि असर पार्छ। कति बिधार्थी पढाईलाई खासै वास्ता नगरी खाली कामलाई प्राथमीकता दिने पनि हुन्छन्। पैसाको लागि पढाईलाई थाती राख्ने पनि हुन्छन्। तर केही समय पछि जव आफ्ना साथीहरुले पिआर पाउँछन् अनि प्रश्चाताप गर्नेहरु पनि नभएका होईनन्। फेरी कत्ति बिधार्थीहरु त पढाई सकेर आफ्नै देश फर्कनेहरुपनि छन्। सव आफुमै भर पर्ने कुरा हो।
धेरैको मनमा आउने प्रश्न हुन सक्छ- के पिआर पक्कै पाईन्छ त??? अब यसको उत्तरको लागि पहिलो कुरो म कुन बिषयमा जाँदैछु। के म पढ्न गएको बिषयमा पिआर छ! हो यो बिषय सबै भन्दा पहिले बुझ्न जरुरी छ। साथीले यो बिषयमा आईज भन्यो त्यहि भएर आईयो तर अहिले बुझ्दा पिआरनै नपाईने बिषय रहेछ। यस्तो भन्ने धेरै भेटीन्छन्। अव यसको लागि सबै भन्दा पहिला अस्ट्रेलीयन सरकारको वेभसाईटमा गएर पिआरको लागि कुन कुन बिषयहरु रहेछन् सबै हेर्न मिल्छ। अर्को कुरा मेरो अङ्ग्रजी आईएलटिएसको लेभल कति छ त्यो बुझ्नु पर्छ। किनकी कनिकुथी झुन्डेर अस्ट्रेलीया छिरेर मात्र हुँदैन। जस्तै अहिले एकाउन्टीङ र आईटीमा आईएलटीएसमा ७ व्याण्ड ल्याउँदा पनि गार्हो छ पिआर हात पार्न। त्यस्तै नर्सीङको रजिस्टर्ड गर्न सबै व्यान्डमा सात ल्याउनै पर्छ। अरु धेरै कुराहरु हुन्छन् जसलाई तपाई नबुझी आउनु हुन्छ अनि पछि केबल प्रश्चाताप मात्र गर्नु हुन्छ।
http://www.border.gov.au/
http://www.border.gov.au/Trav/Work/Work/Skills-assessment-and-assessing-authorities/skilled-occupations-lists
अरुको लहै लहैमा लागेर आफ्नो निर्णय नगर्नु होस्। एकचोटी अस्ट्रेलीयन ईमिग्रेसनको अफीसियल वेभसाईटमा गएर हेर्नु भयो सबै कुराको जानकारी पाउनु हुन्छ। यो पनि बुझ्नु होस् म जान आँटेको बिषयमा बर्षमा कतिजनाले पिआर पाएछन् । पाँच बर्ष अगाडी एकाउन्टीङबाट पिआर लिनेको कुरा र अहिलेको परिस्थिती धेरै फरक भैसकेको छ। उसले पाँच बर्ष अगाडीको आफ्नो कुरा भनेर तपाई मख्ख नपर्नु होस्। अहिलेको नयाँ निती अनि नियमहरुमा आएको फेरबदलमा आफै अपडेट रहनु होस्। कसैले भन्ला रे किचनमा काम गरेको भरमा पिआर पाएँ। तर कसरी पायो अनि कहिले पायो। त्यो बुझ्नु होस्। समय धेरै अघि बढि सक्यो। ईमिग्रेसनले आफ्ना निती नियमहरुमा व्यापक परिबर्तन गरि सक्यो। साँच्चै भन्नु पर्दा अब पिआर लिनुलाई मज्जैले कसरत गर्न पर्छ। हरेक कुराहरु बुझेर मात्र आउनु होस्। अन्यथा यहाँ पिआरको लागि जुग बितेको पत्तै पाईन्न।

