शितल विहानीको स्पर्श, नपाएको वर्षौ भयो
उदाउँदो सुर्य, नदेखेको बर्षौ भयो
परदेशको कोलाहलमा, यो कामको चटारो
मस्त निन्द्रामा नसुतेको बर्षौ भयो
एक्लोपना अनि यो उराठ उदासी जिवन
दिल खोलेर नहाँसेको बर्षौ भयो
उदाउँदो सुर्य, नदेखेको बर्षौ भयो
जिन्दगीको दौरान, यो कस्तो दुरी
बाल्यकालका मित्र, नभेटेको बर्षौ भयो
सुनौलो भविस्यको जन्जिरमा अड्किएर
अभागीले घरको आँगन नटेकेको बर्षौ भयो
उदाउँदो सुर्य, नदेखेको बर्षौ भयो
रोशन बास्तोला

