आज एकाएका कामको शिलशिलामा मेल्बोर्न सिटी जाने क्रममा एक बहिनीसँग भेट भयो। यो कुनै बनावटी कथा होईन बास्तबिक कथा हो। उनी पढ्न आएको बिषय हो डिप्लोमा ईन नर्सिङ लिडीङ ब्याच्लर। लाग्थ्यो एकदम अत्तालीएकी जस्ति उकुसमुकुस भए जस्ती।
मैले सोधे कहाँ बस्छौ- उनले भनीन् आफन्तकोमा बसि रहेको छु तर कति दिन बस्नु आफन्तका। अव छिट्टै सर्ने तर्खरमा छु तर कामनै पाएको छैन। मैले भने हो र दुई महिना बिती सक्दा पनि काम पाएको छैनौ। किन र काम गर्न मन नलागेको वा नपाएको। उनी निधौरो मुख लगाएर भन्दै थिईन् हैन दाई कामनै नपाएको। किन र मैले प्रश्न गरे। उनी भन्न थालीन मेरो कलेज मुराबीन भन्ने ठाउँमा रहेको होम्सग्लेन हो। अहिले हप्ताको चार दिन कक्षा छ त्यो पनि दिउँसो १२:३० देखि ४:३० बजे सम्म। कामको लागि आवेदन दिदा काम गर्ने दिन तिन दिन दिएर एप्लाई गरे तर अहँ कतैबाट रेस्पोन्सनै आएको छैन।
अब आवस् पनि कसरि तिन दिन मात्र कामको लागि कम्पनीले काम गर्न
बोलाउँदैन फेरी शनिवार र आईतबार मात्र गर्नलाई विकेन्ड रेट बढि भएकाले हतपत्त काम दिदैनन् प्राय हस्पिटालीटी सेक्टरहरुमा। उनी बस्ने रहिछन् ईपीङ तर कलेज रहेछ मुराबीन जान आउननै घण्टा लाग्ने। उनी अत्तालीदै भन्दै थिईन् दाई अव सँधै चार दिननै हुन्छ कलेज कि के हुन्छ। अव नर्सीङ बिषय आफैमा अलिक गार्हो बिषयनै हो त्यस माथि पनि प्लेसमेन्टहरु गर्नु पर्छ टर्म अनुसार। फेरी डिप्लोमाको केही रकम अनि ब्याचलरको लागि केही रकम बुझाई पनि सकिछन्। अव आएको दुई महिनामा घरबाट खर्च कसरि मगाउने। फेरी काम पनि पाईएको छैन। पाएपनि काम गर्नलाई कलेजको रुटीन त्यस्तो छ। अर्को कुरो त अवको तीन महिना पछि ६००० डलर कलेजको फि बुझाउनु छ। एकदम अत्तालिएकी देखिन्थिईन्।
यति भन्दै गर्दा सान्त्वना दिदै तिमीले अात्ती हाल्न पर्ने केही छैन। कलेजको फी तिरेको नै छौ। बरु जहाँ बसिरहेको छौ काम नपाईन्जेल त्यहि बस किनकी अहिले तिमी छुट्टै कोठा लिएर सर्नु पर्यो भने कोठा भाडा, बोन्ड, बेड, म्यट्रेस, यता उता गरेर त्यसैनि हजार डलर सकिन्छ। बोरु पहिलो प्राथमिकता काम खोज्न तिर लाग।रेजुमे बनाउँदा पनि दुई वा तिन दिन मात्र कलेज छ भनेर जनाउ ताकि कामको ट्रायल होस् या ईन्टरभ्युको लागि बोलावस्। यदि काम दिने पक्का भएपछि बोरु तिन दिन मात्र काम गर्न पाउँछु भन्यो भने काम पाईन सकिन्छ। चार दिन कलेज छ भन्यो भने तिम्रो रेजुमे हेर्दा पनि हेर्दैन। कलेजको लागि जान पर्ने दिन हरेक टर्म अनुसार फरक हुन्छ। कहिले दुई दिन मात्र जान पर्छ कहिले तिन दिन हुन्छ। सँधै चार दिननै हुन्छ भन्ने हुन्न। धन्यबाद दाई भन्दै कामको केही खबर थाहा भयो भने भन्दिन्छु भने अनि उनी बिधा भईन्।
यो कुनै बनावटी कथा होईन बास्तबीकता हो र यस्तै कथा व्यथा अरु धेरैका छन्। फेरी नि भन्छु बुझेर मात्र आउनु होस्। त्यति सहज र सरल पक्कै छैन अस्ट्रेलीयामा बिधार्थी जिन्दगी।

