eNepal

सतीले सरापेको मेरो देश होईन

सतीले सरापेको मेरो देश होईन
जव देश काँप्न थाल्छ
मेरो मन बहकिन्छ
सोच्न थाल्छ नानाभातीका कुरा
मनमा ज्वारभाटा पड्कन थाल्छ
अनी आफैले आफुलाई प्रश्न गर्छु
के पक्कै सतिले सरापेकै देश हो त?

हो! देश गरीब छ तर मन गरिब छैन
हामीमा एकता छ सद्भाव अनि भाईचारा
खैर अखन्डबादी हामी पक्कै हैन
लोभ र लालसामा रयाल् काँडि दैन
खोक्रा आडम्वरी सपनामा लट्ठ हामी
विश्वले मानेका गोर्खेका सन्तान हामी
अव व्युँतीनु छ अनी जुर्मुराउनु छ
ढलेको शिर ठड्याउनु छ अनी चम्काउनु छ।

थाहा छ जनतामा चेत आईसक्यो
खवरदार!जनतालाई मूर्गा ठान्ने शोषक वर्ग हो
तिम्रा निमीट्यान्न हुने पल आईसक्यो
वकम्फुसे आश भुईचालोसँगै हटिसक्यो
काली गन्डकीको भेलसँगै बगी सक्यो
बारपाक र सिन्धुपाल्चोकसँगै ढलिसक्यो

धूनु छ मलाई
खुनले लत्पतीएको बाबाको ढाका टोपी
टाल्नु छ आमाको फाटेको धोती
वचाउनु छ मलाई चेलीको चित्कार र अस्मीता
अनि दिनु छ बुढी हजूरआमालाई मिठो निन्द्रा

सोध्छ रे करेसावारीले
ठूल्दाई कहिले आउँछन् भनेर
दाप भित्रको खूकूरीले भन्छ अरे
खिया लागेर गनाई सक्यो भनेर
दुधे वालक टुलु टुलु बाटो हेर्छ अरे
साथी सङ्गी नानाथरी कूरा काट्छन अरे
प्यारी वलिन्द्रा आशुमा डुवूल्की मार्छीन् अरे
आफू भने कङ्कालको सहरमा
खून र पसिनाको पोखरीमा डूबुल्की मारी फसीं रहेँ,फसीं रहेँ!

धरराबाट विगूल फेरी बज्ने छ
चल्न बिर्सीएको घन्टाघर फेरी चल्ने छ
पाठशाला जान त्रसीत सानी नानी
निस्फीक्री लम्कने छिन् भाईलाई च्यापी
सुन्दर भविष्य कोर्ने अभिलाषामा
रोई रहेकी आमाको आँशू पुछ्ने आशामा!

हेर्दा मन् भक्कानीएर आउँछ
त्यो पारि गाउँमा आँखा चिहाउँदा
आधा शिर तासीए जस्तो
तातो पानीले खुईलाए जस्तो
खैर यसमा मलाई कुनै पूर्वाग्रह छैन
रतिभर डगमगाउने म तेस्तो प्राणी हैन
सानो चोटमा लरबराउने कायर पक्कै हैन
मन कूँडीएको अनी तर्सीएको मात्र हो
हात मेरो भाँचीएको पक्कै होईन
म भित्र आँट र साहस अझै मरेको छैन
सतीले सरापेको मेरो देश पक्कै हैन!

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal