eNepal

शान्त त्रृष्णा भित्रको साङ्गीतिक तृष्णा

एकाएक मोबाईमा गीत बज्यो।युट्यबलाई अटोप्लेमा छोडी दिएको थिएँ।अक्सर पुराना अनि लोकपप अनि सुमधुर गीतहरु सुन्न रुचाउँने भएकोले हुन सक्छ।गीतहरु आफ्नै पालोमा बच्दै थिए।नेपथ्यका गीत बज्दै गर्दा एकाएका ति गीतहरु सकिएर एउटा शुरीलो आवाज मेरा कानमा ठोक्किए।गीत पहिले कतै सुनेको थिएन तर आबाज ठम्याउने कोशीस गर्दै थिए।सायद नेपाली सङ्गीत अझ सुगम सङ्गीतलाई अलिक बढि रुचाउने कारणले पनि हुन सक्छ अक्सर गायक गायिकाहरु स्वरबाटनै चिन्छु।

बिहानी पख काममा छुट्टी अलिक ढिला सम्मनै सुतिन्छ।उठेर चिया बनाएर गीत सुन्दै थिएँ। भुलुक्क चिया उम्लेर जान्छ कि भन्दै किचनमा चियाको ताप्केमा आँखा लगाउँदै गीतको मजा लिदै थिएँ॥खने हो यह्रामु हे भन्दै गीत बज्न थाल्यो।केही बेर कानले मात्र सुनेको गीत त्यसै त्यसै दृश्य हेर्न मन लाग्यो।टिभीमा जोडे अनि चियाको चुस्कीसँगै गीतको मजा लिए।होला कोही बिमा कुमारी दुरा या सर्मीला गरुङ भन्धै अन्दाज लगाउदै थिए।अक्सर यस्ता गीतहरु लोक गायीकाले गाएको देखेको थिएँ तर सोचे भन्दा फरक त्रृस्णा गुरुङले गाएकी रहेछिन्।त्यसपछि युट्युबमा नामनै सर्च गरे।उनले धेरै गीत गाई सकेकी रहिछीन्।गीतार र मादलको तालमा गाईएको सो गीत यति मिठो र कर्ण प्रिय लाग्यो कि त्यो दिन धेरै चोटी दोहोरायर सुने।न्यहु बज्रचार्यले नेपाल आईडलमा भने जस्तो मेरो कानले नै छोएन सिधै मनले छोयो।त्यसपछि मलाई खुल्दुली हुन थाल्यो अनि उसको प्रोफाई बुझ्नलाई सर्च गर्न थाले।

स्याङ्जामा जन्मेकी त्रृष्णा गुरुङ्को बाल्यकाल भारतको हिमान्चल प्रदेशमा बितेको रहेछ।घरमा दाईहरुले बजाएको गीतारबाट अभिप्रेरीत हुँदै उनले पनि बिस्तारै गितार बजाउन सिकेकी रहिछन।उनले कुनैपनि औपचारीक सङ्गीतको कक्षा लिएकी रहिन रहेछिन्।अर्को कुरा के पनि थाहा भयो भने ६४/६५ बसन्त श्रेस्ठको ब्यान्ड १९/३० बसन्तमा उनले बसन्तसँग “दैव जानोस” गीतमा साथ दिई सकेकी रहिछीन्।समाज शास्त्र पढेकी त्रृष्णा आज नेपाली युवाहरु माँझ लाईम लाईटमा रहेकी छिन्।

खने हो यमु आखिरी गुरुङ भाषाको शब्द।यो बाक्यले भन्न खोजे चाँही के रहेछ खुल्दल खुल्दुल भयो।कता जान लागेको, कसरी आईपुग्यो भन्दै सोधेको कुरो रहेछ।कक्षा चार तिर पढ्दा दाईहरुले गितारको तालमा गुन्गुनाउने भाका रहेछ।दाईहरुले गाउँदा खनिहो हो कान्छी भन्दै गुन्नाउने भाकालाई उनले खनि हो यमु बनाई दिएकी रहिछीन्।दाईहरुले शुरुका दुई पङ्क्ती मात्र गुन्गुनाएको भाकालाई बाँकी आफैले भरिन र अन्तत: खनी हो यमु गीत बजारमा ल्याईन् जसले आज उनलाई यहि गीतबाट सन्सार भरि छरिएर बसेका नेपाली सङ्गीतका पारखीहरुले चिने।

यिनै गायीका आउने थाहा भए पछि उसको पहिलो शो हेर्न एडीलेड पुगे।आखिरी यी सोझी त्रृष्णाले कतिनै नेपालीको मन जितेकी होलिन र! गीत त राम्ररी सुनेका छैन होला भन्थे तर जब उनी स्टेजमा आईन अनि बल्ल थाहा भयो कि उसका कति फ्यानहरु रहेछन्। उसका हरेक गीतमा उसलाई दर्शक श्रोताले साथ दिएको देखेर मनै चकित भए।साँच्चै भन्नु पर्दा आधा क्राउड त उसका गीत सुन्ननै आएका रहेछन्।हेर्दा एकदमै साधारण लाग्ने तृष्णा भित्र यस्तो गहकिले स्वर रहेछ एक चोटी प्रत्यक्ष हेरे पछि बल्ल थाहा भयो।

शुरुवाती दिनहरु सङ्घर्षमा बिते पनि त्यहि सङ्घर्षनै भोगाई भयो र उनमा अझ निखारपन आउँदै गयो।गुरुङ्की छोरी भएर पनि गरुङ भाषा नजानेकी त्रृष्णालाई आफ्ना बाबालाई मन पर्ने बाजा बाँसुरी र सार्ङ्गीमा आफ्नो गीत गाउने रहर पनि उनले पुरा गरिन। अर्को सशक्त र मिठो गीत गाईने दाजै त्यसकै उधाहरण हो।एक महिनाको मात्र औपचारीक सङ्गीतको कक्षा लिएकी त्रृष्णाले हार्मोनियमको कक्षा लिएकी छिन् र रियाज हार्मोनीयममानै गर्ने गरेकी रहिछीन्।सँसार भरिका ठुला ठुला सङ्गीत साधकहरुले गीत गाउने सपना बुनेको बेलायतको रोयल अल्बर्ट हलमा आफ्नो आवाज दिई सकेकी त्रृष्णा गुरुङ्का आज युके,अस्ट्रेलीया, अमेरीका जताततै असङ्ख्य मात्रामा फ्यानहरु रहेका छन्।

मलाई कुनै बिदेशमा बसेर कन्सर्ट हेरे जस्तो कदापी भएन कुनै गाउँको हटियाँमा सँगै बसेर रोधीमा गाएको जस्तो भान भयो।तिनै लोक भाकालाई कति मज्जाले मिठास दिएर गाएकी।

फोटो साभार: प्रतीभा झेत्री फोटोग्राफी

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal