eNepal

संक्रामक एचफाइभएनवान बर्डफ्लु नेपालमा संक्रमण पुष्टि, सरकारद्वारा सतर्कता अपनाउन आग्रह

पूर्वी नेपालको मोरङस्थित एक पोल्ट्री फार्ममा उच्च संक्रामक मानिएको एचफाइभएनवान बर्डफ्लु संक्रमण पुष्टि भएको विश्व पशु स्वास्थ्य संगठन (ओआई)ले सोमबार जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले पनि भाइरस संक्रमण पुष्टि गरेको छ ।

मोरङको ग्रामथान-१ खनियाकट्टा र बुढीगंगा-५ का कृषकहरुले पालेको कुखुराको नमुना केन्द्रिय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा एचफाइभएनवान बर्डफुल रोग पुष्टि भएको विभागले जनाएको छ ।

नेपाली अधिकारीहरुलाई उध्दृत गर्दै पेरिसस्थित ओआईको मुख्यालयले पनि मोरङस्थित फार्ममा ३,५१० चरा मरेका छन् भने बाँकी ५,१६० चराको बगाल पनि संक्रमित भएको ठानिएको जनाएको रोयटर्सले उल्लेख गरेको छ ।

एभियन इन्फ्लुएन्जाको गम्भीर रूप जसलाई सामान्यतया बर्ड फ्लू भनिन्छ जुन हालैका महिनाहरूमा युरोप र एसियाभरि फैलिएको छ, जसले गर्दा केही देशहरूमा बर्डफ्लु संक्रमणलाई रोक्न चराहरुलाई ठूलो संख्यामा मारिएको छ । गत वर्ष नेपालमा अर्को उच्च रोगजनक चरा भाइरस, एचफाइभएनएठको प्रकोप पनि देखिएको थियो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal