eNepal

कविताः बाबा

सागर सापकोटा

तिम्रो छेउ फेरि साथ बस्न मन छ
ति पाउ काख राखी तेल घस्न मन छ
यादका कम्पन तिब्र छन् आजकल
घर अघि पाउ ढोगी अंगालो कस्न मन छ

बाहिरी हाँसो मनमा खत बोकी आउछु है
बोधो तरबार तिम्रो छोरो तिखारी ल्याउछु है
छोरो ठुलो भयो नसोच्नु बिल्कुलै
भाडा माजी बनेका हात बोकी संगै बारी धाउछु है

आफ्नो चिने पराइ चिने , घात चिने साथ चिने
दुइ अर्थे बात चिने अलि अलि मधिराको मात चिने
जे जाने चिने पनि तिम्रो उपदेश अघि फिक्का थियो
मेरो बन्ध आखा अनि तिम्रो तस्बिर तेसैलेनै बाच्ने आधार दियो

बाबा
रितिएको छु आँट जुटाउन आउछु
लगाएको आँसुका बाध टुटाउन आउछु
मेरो सिर तिम्रो पाउ भक्कानो फुटाउन आउछु

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

के एउटा साथी छ त???

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

The civilisational beauty of Pompeii

enepal

समाजसेवा गर्नलाई एनआरएनएमै उठ्नु पर्छ र??

enepal