eNepal

मन्त्रिपरिषद् विस्तारः रक्षामा मिनेन्द्र रिजाल, कानूनमा दिलेन्द्रप्रसाद बडु

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।

प्रधानमन्त्रीले आफू नेतृत्वको नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नयाँ मन्त्रीलाई शपथ खुवाउने तयारी गर्नुभएको छ । शपथअघि प्रधानमन्त्रीले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको थियो ।

नेपाली कांग्रेसबाट रक्षामा डा। मिनेन्द्र रिजाल, कानून, न्याय तथा संसदीय मामिलामा दिलेन्द्रप्रसाद बडु, महिला तथा बालबालिकामा उमा रेग्मी र खानेपानीमा उमाकान्त चौधरीको नाम तय भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा दिइने भएको छ ।

कांग्रेसबाट बालकृष्ण खाण गृह र डा. नारायण खड्का परराष्ट्र तथा उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री हुनुहुन्छ ।

नेकपा एकीकृत समाजवादीले चार मन्त्रीमा विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई पठाउने भएको छ ।

जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा रेणुकुमारी यादव, रामसहाय यादव र प्रमोद साहलाई मन्त्री बनाउने भएको छ ।

माओवादी केन्द्रले यसअघि नै देवेन्द्र पौडेल, शशि श्रेष्ठ, महेश्वरजंग गहतराजलाई मन्त्री बोधमाया यादवलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरिसकेको छ । माओवादीबाट हाल जनार्दन शर्मा अर्थ र पम्फा भूसाल ऊर्जा मन्त्री हुनुहुन्छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal