स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा नेपालमा २ हजार ५ सय ४८ जनामा कोरोना संक्रमण देखिएको हो। प्राप्त जानकारी अनुसार १२ हजार ३ सय ७८ जनाको परीक्षण गर्दा २ हजार ५ सय ४८ जनामा संक्रमण देखिएको हो। नयाँ संक्रमित थपिएसँगै हाल संक्रिय संक्रमितको सङख्या ३५ हजार ४ सय ८५ पुगेको छ।
त्यस्तै उपचार पछि २ हजार २९ जना संक्रमण मुक्त भएका छन्। सोहि अवधिमा ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ९३ पुगेको छ।

