eNepal

आज मात्रै नेपालमा थपिए ४ हजार १ सय बढी संक्रमित, मृत्यु हुनेको संख्या कति ?

काठमाडौँ, साउन-२०। नेपालमा पछिल्लो २४ घण्टामा मात्रै थप ४ हजार १ सय ७ जना नयाँ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

११ हजार ३ सय ५४ नमूनाको पीसीआर परीक्षण गर्दा २ हजार ९ सय ७५ जना र ४ हजार ९ सय ४४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार १ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। कुल १६ हजार २ सय ९८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । आज थपिएका संक्रमित सहित हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको छ ।

गत २४ घण्टाको अवधिमा देशभर ३५ जनाले कोरोना भाइरस संक्रमणकै कारण ज्यान गुमाएका छन। यससँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ९ सय ५७ पुगेको छ । त्यसैगरी बुधवार मात्र १ हजार ५ सय ३५ जना निको भएका छन यो संगै हालसम्म ६ लाख ६१ हजार ६ सय ५१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal