eNepal

सवारी लाइसेन्सको ‘ट्रायल’ खुलाउने तयारी, यस्तो छ नयाँ व्यवस्था

काठमाडौँ, साउन-१८। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दोस्रो लहरसँगै जारि गरिएको लकडाउन संगै बन्द गरिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल खोल्ने तयारी यातायात व्यवस्था विभागले गरेको छ।

यातायात व्यवस्था विभागले साउन महिनाको अन्तिम साताबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल खुल्ने भएको हो। विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार आगामी आइतबार (साउन २४) मातहतका कार्यालयहरुसँग छलफल गरेपछि ट्रायल खुलाउने योजना रहेको छ। उनले भने ‘गत साता नै योजना थियो तर प्रदेश मातहतका कार्यालयहरुले मन्त्रालयसँग समन्वय नगरी खोल्न सक्दैनौ भनेपछि रोकिएको थियो।’

कोरोनाका कारण जारी निषेधाज्ञा पूर्णरूपमा नहटे पनि अन्य परीक्षाहरु समेत संचालन हुन थालिसके। जसरी पनि हामी साउन अन्तिम साता सूचना नै निकाल्छौं,’ महानिर्देशक घिमिरेले भने, ‘त्यसका लागि तयारी भइरहेको छ।’ निषेधाज्ञा खुकुलो भएर यातायात कार्यालयहरुले पुन: सेवा सुरु गरेको भए पनि तीन महिनादेखि बन्द रहेको ट्रायल नखुल्दा फारम भरेर पर्खेकाहरु हैरान छन्।

विभागले कोटा प्रणाली हटाएर अनलाइन आवेदन ‘अनलिमिटेड’ बनाइदिएका कारण ठूलो संख्यामा सेवाग्राहीले आवेदन दिएका छन। गाडी चलाउने लाइसेन्स लिन अनलाइन आवेदन दिएर करिब ५ लाख सेवाग्राही ट्रायल परीक्षाको प्रतीक्षामा छन्। अहिले अनलाइन आवेदन पनि बन्द गरिएको छ। ट्रायल खुल्ने टुंगो लागेपछि अनलाइन आवेदन पनि खुलाउने तयारीमा विभाग छ।

सुरुमा आवेदन दिएका सेवाग्राहीले पहिलो प्राथमिकता पाउनेछन्। त्यस्तै अब ट्रायल परीक्षा संचालनका लागि समेत कोटा हट्ने भएको छ। यसअघि कार्यालयहरुलाई विभागले कोटा तोकिदिने गरेको थियो। ‘अब कुनै कोटा तोकिदैन। कार्यालयहरुले जति सक्छन्, त्यही अनुसार संचालन गर्न सक्छन्। त्यसको अधिकार उहाँहरुलाई नै छ,’ महानिर्देशक घिमिरेले भने,’एक दिनमा ५ सय जनाको लिने हो कि ५ हजार जनाको लिने हो, त्यो उहाँहरुकै विषय भयो। त्यसका लागि विभागले केही गर्न आवश्यक छैन।’

त्यसैगरी अब ट्रायल परीक्षा खुलेपछि सुधारिएको नयाँ व्यवस्था लागु हुने उनले बताए। विद्यमान लाइसेन्स परीक्षा प्रणालीमा शतप्रतिशत अंक ल्याए मात्रै पास हुने व्यवस्था छ। उक्त प्रणालीलाइ सहज बनाउदै ७० प्रतिशत अंक ल्याए पास हुने व्यवस्था लागु हुनेछ। सुधारिएको प्रणाली अनुसार ट्रायलका दौरान समावेश हुने विभिन्न पक्षलाई आधार मानेर अंक दिइने छ। जस्तै, ट्राफिक लाइट, उकालो-ओरालो, स्पिड ब्रेकर, पार्किङ लगायतलाई आधार मानेर तिनीहरुका लागि अलग अलग अंक छुट्याइने छ। जसबाट ७० अंक ल्याउने ट्रायल पास हुनेछन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal