eNepal

टोकियो ओलम्पिकमा आज गौरिकाले महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दै

टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् ।

गौरिका आजको खेलको पहिलो हिटमा रहेकी छिन् । हिटको छैटौं लेनमा रहेर गौरिकाले नाइजेरिया, गुएम र मोन्टेनेग्रोसँग प्रतिस्पर्धा गर्दैछिन् ।

गौरिका यो विधामा इन्ट्रि टाइमिङमा दोस्रो स्थानमा रहेकी छिन् । उनको इन्ट्री टाइमिङ एक मिनेट ६२ मिलिसेकेन्ड रहेको छ ।

त्यसैगरी मोन्टेनेग्रोकी एन्डेला एन्टुनोभिकको टाइमिङ भने एक मिनेट ४९ मिलिसेकेन्ड रहेको छ । गौरिकाको आजको हिट चरण पार गर्ने सम्भावना बलियो देखिएको छ ।

हिजोको खेलमा नेपाली पौडी खेलाडी एलेक्स शाह ओलम्पिकको हिट चरणमा पहिलो भएपनि हिट चरणको समयका आधारमा शीर्ष १६ मा पर्न नसकेपनि उनले राष्ट्रिय कीर्तिमान राख्न भने सफल भएका थिए । गौरिकाको खेल नेपालको समय अनुसार आज दिउँसो पौने चार बजे हुँदैछ ।

Related posts

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal

यति एफसी रातोले बाजी मार्यो यो बर्षको कन्डेल कन्सल्टेन्सी कपको उपाधी

enepal

मेल्बर्नमा कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निभल हुँदै, आठ टिमले प्रतिस्पर्धा गर्दै

enepal

नेपालको विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने सपना अधुरै

enepal

ओमनलाई हराउँदै नेपालको सुखद सुरुवात

enepal

आईपीएल अक्शनको पहिलो दिन: १५.५ करोड सहित इशान सर्वाधिक महंगो, सन्दिप भने बिकेनन्

enepal