अष्ट्रेलिया। अष्ट्रेलियन टेनिस स्टार एलेक्स डे मिनरले टोकियो ओलम्पिक नखेल्ने भएका छन् ।
अष्ट्रेलियन ओलम्पिक कमिटीले बताए अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी अष्ट्रेलियन ओलम्पिक टिमबाट बाहिरिएका हुन् । त्यस्तै एलेक्सबाहेक ओलम्पिकमा सहभागी हुने अरू अष्ट्रेलियन खेलाडीहरूको कोरोना रिपोर्ट भने नेभेटिभ आएको छ ।
ओलम्पिक कमिटीका प्रमुह चेस्टरम्यानले भने ‘ओलम्पिकमा अष्ट्रेलियाको प्रतिनिधित्व गर्नु एलेक्सको सानैदेखिको सपना थियो । तर, उनले टोलीलाई शुभकामना व्यक्त गरेका छन्।’ एलेक्स ओलम्पिक टोलीबाट बाहिरिनु दुखद् समाचार भएको चेस्टरम्यानले प्रतिक्रिया दिएका छन् ।
यो पनि पढ्नुहोस:- नेपाली महिला भलिबल टोलीले फिलिपिन्समा हुने २१ औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नपाउने भएको छ। प्रतियोगिताका लागि नेपाली टोली पछिल्लो समय अभ्यासमा जुटे पनि कोभिड महामारीका कारण फिलिपिन्सको सरकारले नेपाल र भारतको टिमलाई निषेध गर्दा नेपाली टोली सहभागी हुन नपाएको नेपाल भलिबल संघले जनाएको छ।
प्रतियोगिता भदौ दोस्रो सातााबाट सुरु हुँदैछ। प्रतियोगिताका लागि नेपाली टोलीले असार १ गतेबाट प्रशिक्षण सुरु गरेको थियो। प्रतियोगितामा सहभागिता नजनाउने भएसँगै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणसमेत स्थगित भएको नेपाल भलिबल संघले एक विज्ञप्तिमार्फत जनाएको छ।

