eNepal

किन हुन्छ ग्यास्ट्रिक? यस्ता छन यसका लक्षण र उपचार विधि ?

चितवन, जेठ-११। पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु गयास्ट्रिकका लक्षण हुन्। त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ-ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ।- ग्यास्ट्रिकको शाब्दिक अर्थ हो “पेट सम्बन्धि” l ग्यास्ट्रिक रोगको नाम होइन l खै कसले यसलाई रोगको नाम भनेर शुरु गर्यो म अचम्मित छु l नेपाली जनमानसमा फरक फरक व्यक्तिले ग्यास्ट्रिकको फरक फरक अर्थ लगाउने गरेको पाएँ l

धेरैको बुझाइमा ग्यास्ट्रिक भनेको पेटको अम्लिए पदार्थ फर्किएर माथि आएको (acid reflux) भन्ने पाएँ l कसैले पेट र आन्द्राको अल्सर (peptic ulcer) लाई, पेट सुन्निएको (gastritis) लाई, दिशा समएमा नभएर भएको असर (constipation) लाई, वा आन्द्रामा हुने अन्य घाउ जस्तै (crohn’s disease, ulcerative colitis, barrett’s esophagus etc.) लाई पनि ग्यास्ट्रिक भनेको पाएँ l

ग्यास्ट्रिक मलाई छ भन्नेहरु मध्ये १० जनालाई सोध्ने हो भने करिब ७ जनाले acid reflux (पेटको अम्लिए पदार्थ फर्किएर माथि आएको) को लक्षण बताउँछन् र बाँकीले पेटको अल्सर वा अन्य को लक्षण बताउने गर्दछन् l त्यसैले मैले यहाँ धेरैले भन्न खोजेको acid reflux, peptic ulcer र constipation (दिसा समयमा नहुने) को बारेमा छलफल गर्नेछु ल।

यसका लक्षण:- ग्यास्ट्रिक हुँदा पेट फुल्ने, पोल्ने, दिसा लागेको जस्तो हुने हुन्छ भने एसिडिटी हुँदा छातीको बीच भाग पोल्ने, अमिलो डकार आउने, बान्ता होला जस्तो हुने हुन्छ। कतिपयलाई ग्यास्ट्रिकको कारण ढाड दुखाउँछ भने एसिडिटीको कारण रिँगटा लगाउँछ।

उपचारः- ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो। तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ। तसर्थः चिकित्सकको निगरानीमा रोगको निदा तथा उपचार गर्नतिर लागौं। दीर्घ/जीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ। जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वस्थमैत्री हुने गरी समायोजन गर्नु हो।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal

के म अष्ट्रेलियाको यात्रा गर्न सक्छु?

enepal

अष्ट्रेलिया बासस्थानका लागि किन लोकप्रीय छ, यस्तो छ रोचक तथ्यहरु

enepal

सन् २०२१ को शीर्ष २० सबैभन्दा महँगो शहरहरूको सोर्हौ स्थानमा पर्यो मेल्बर्न

enepal