eNepal

स्वास्थ्य संकटकाल लगाउन मन्त्रालय सकारात्मक रहेको मन्त्री त्रिपाठीको भनाई

काठमाडौँ, जेठ-११। विज्ञहरुले जनस्वास्थ्य संकटकाल लगाउन दिएको सुझाव प्रति सकारात्मक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताउनु भएको छ

सोमबार मन्त्रालयले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउने विषयमा मन्त्रालय सकारात्मक रहेको बताउनु भएको हो। उहाँले भन्नुभयो ‘मन्त्रालय यस विषयमा सकारात्मक छ। विज्ञहरूले दिनुभएको सुझावलाई हामीले मनन गरेका छौं। सरकारले यो विषयमा चाडै निर्णय गर्छ।’

त्यस्तै स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अनुसार स्वास्थ्य संकटकालका विषयमा मन्त्रालयले आन्तरिक तयारी गरिरहेको छ। यस्तै उहाँले भन्नुभयो स्वास्थ्य निरीक्षक नियुक्त गर्नेदेखि अन्य कामपनि भइरहेको छ।

त्यसैगरी मन्त्र त्रिपाठीले स्वास्थ्य मापदण्डको पालनाबाटै नै संक्रमणको रोकथाम तथा नियन्त्रण हुने भएकाले त्यसतर्फ ध्यान दिन सबैलाई आग्रह गर्नुभएको छ। कोरोना नियन्त्रण, रोकथाम र व्यवस्थापनका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको मन्त्री त्रिपाठीले जानकारी दिनु भयो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal