eNepal

आखिर! के कारणले आउने गर्छ बढी हाई ? जान्नुहोस यी तथ्य

चितवन, जेठ-६। कोही मानिस हाइ काढेको देख्दा देख्नेलाई पनि हाइ आउँछ । यस्तो तपाइँलाई पनि हुन्छ होला । यस्तो किन हुन्छ, थाहा छ ? कुन समयमा हाइ आउँछ ? मानिस जन्मिएपछि कुन समयबाट हाइ काढ्न सुरु गर्छ होला ? यी सबै प्रश्न रोचक छन् तर उत्तर तपाइँलाई थाहा नहुनसक्छ ।

यद्यपि हाइ आउनु एक सामान्य शारीरिक प्रक्रिया हो तर यस सँग जोडिएका केही ठूलासाना कुराहरुमा हामीले ध्यान दिइरहेका हुँदैनौँ । एक जनालाई हाइ आएपछि त्यो देख्ने अर्को मानिसलाई पनि हाइ आउँछ । एक, दुइ हुँदै एकैचोटी धेरै मानिसमा फैलिन सक्छन् । के त्यसोभए हाइ आउनु संक्रामक क्रिया हो ? होइन ।

आखिर के कारणले आउने गर्छ त बढी हाई ?

१) मुटुको समस्या
धेरै हाई आउने व्यक्तिलाई मुटुको समस्या हुन सक्छ । शरीरमा अक्सिजनको कमी हुँदा मुटुले रक्तसञ्चार गराउन धेरै मिहनेत गर्नुपर्छ । त्यस्तो बेलामा छिन छिनमा हाई आउछ । कहिलेकाँही यस्तो अवस्था आईरहँदा हृदयघात समेत हुनसक्छ ।

२) थाइराइडको समस्या
छिन छिनमा हाई आउनु हाइपोथाइराइडको संकेत पनि हुनसक्छ । शरीरमा थाइराइड हार्मोन कम भयो भने पनि यस्तो असर देखिन सक्छ ।

३) नशाको समस्या
हाम्रो शरीरको नशामा समस्या अर्थात नर्ब सिस्टममा गडबडी भयो भने पनि बारम्बार हाई आउने गर्छ । त्यसैले बारम्बार हाई आउदा होस गरौँ ।

) निन्द्राको समस्या
निन्द्रा पुरा भएन भने वा स्लीप एप्निया नामक डिअर्डर भएका व्यक्तिलाई पनि असामान्य रुपमा धेरै हाई आउने समस्या देखिन्छ ।

५) शक्तिको कमी
शरीरमा शक्ति कम हुँदा थकाई लाग्छ । यस अवस्थामा शरीरमा इनर्जी लेभल बढाउन धेरै अक्सिजन चाहिन्छ । यसैले पनि बढी हाई आउछ ।

६) औषधिको असर
कतिपयलाई औषधिको साइड इफेक्टले पनि बढी हाई आउने गरेको पाइन्छ ।

७) फोक्सोको समस्या
ब्रेनमा अक्सिजनको मात्रा कम र कार्वनडाईअक्साइडको मात्रा बढी भयो भने त्यसको असर फोक्सोमा पर्न जान्छ । यस्तो अवस्थामा हाई बढी आउछ । जसले गर्दा ब्रेनमा अक्सिजन जाने दर बढ्छ र फोक्सोबाट खराब हावा निक्लन्छ ।

८) तनाव
कतिपय अनुसन्धानको दावी छ कि तनाव बढ्दा मस्तिस्कको तापक्रम बढ्छ । यसले पनि हाई अलि बढी आउछ । यसरी हाई आउदा मस्तिस्कमा धेरै अक्सिजन आउछ र दिमाग ठंडा हुन्छ ।

Related posts

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लकडाउनको कारण डेन्टल नर्सको जागीर गए पछि जन्मियो “लुमन्ती”

enepal

संसारका १५ सानदार रेल स्टेशनहरूमा पर्छ मेल्बर्नको फ्लिन्डर स्ट्रीट स्टेसन

enepal

के म अष्ट्रेलियाको यात्रा गर्न सक्छु?

enepal

अष्ट्रेलिया बासस्थानका लागि किन लोकप्रीय छ, यस्तो छ रोचक तथ्यहरु

enepal

सन् २०२१ को शीर्ष २० सबैभन्दा महँगो शहरहरूको सोर्हौ स्थानमा पर्यो मेल्बर्न

enepal