एजेन्सी। दही स्वास्थ्यको लागि एकदमै फाइदाजनक चीज हो। दहीमा भरपुर मात्रामा क्याल्सियम हुन्छ जसले दाँत तथा मांशपेशीमा रहेका हड्डीहरुलाई बलियो बनाउनुका साथै पाचन प्रक्रियालाई समेत स्फूर्त बनाउने काम गर्दछ।
खासमा दूधको उपयुक्त विकल्प दहीलाई नै मान्ने गरिन्छ। नियमित दही खानाले रोगप्रतिरोधात्म क्षमता बढ्ने र पेटलाई शीतलता प्रदान गर्दछ।तर दहीलाई सेवन गर्ने समय मिलेन भने मानिसको स्वास्थ्यमा हा’नी समेत पुर्याउने आयुर्वेदका विज्ञहरुले बताएका छन्। उनीहरुले दहीलाई जुन रुपमा खाए पनि ताजा खान सुझाव दिएका छन्।
आयुर्वेदका अनुसार दही स्वादमा अमिलो हुने भएकाले राति मानव स्वास्थ्यको लागि खराब हुन सक्छ। किनकी राति दही खानाले शरीरमा कफलाई बढ्न मद्दत गर्दछ। यसका साथै दिन ढल्दै गएपछि शरीरको पाचन शक्ति कमजोर हुँदै जान्छ र दही पचाउन लामो समय लाग्छ।
आयुर्वेदका अनुसार दही दिउँसो २ देखि ३ बजेसम्म मात्रै दही खानु उपयुक्त मानिन्छ। यसकारण खाली विहान पेटमा दही खाएमा अल्सर, एसिडिटी, हात खुट्टा दुख्ने, आँखामा दुख्ने समस्या निको भएर जान्छ।
यदि रातिको समयमा दही खानु नै तपाईको बानी परेको छ भने दहीमा मेथीको धुलो र कालो खोर्सानी मिलाएर खानु राम्रो हुन्छ।दहीमा उच्च मात्रामा प्रोटीन, क्याल्सियम, फस्फोरस, जिंक, पोटासियम, म्याग्नेसियम पाउनुका साथै यसमा ओमेगा ३ र ओमेगा ६ फ्याटी एसिड समेत रहेको हुन्छ।
दही कुन कुन समयमा खानु हा’नीकारक ?
दहीलाई रातमा मात्र होइन वसन्त र सर्दीको सयमा समेत खानु हुँदैन। यो मौसममा दहीको से’व’नले शरीरको मांशपेशी तथा नशामा रोकावट आउनुका साथै नर्भ सिस्टममा समस्या आउँछ। जसले शरीरमा आलस्यता, थकान, अनिद्रा, कमजोरी तथा विभिन्न रोगले समात्ने सम्भावना बलियो हुन्छ।
– तौल बढ्ने सम्भावना हुन्छ।
– राति दही खानाले रुखाखोकी, घाँटीमा समस्या आउछ ।
-पाचन प्रणालीलाई कमजोर बनाउँछ र रोग बढ्न सक्छ।
-दहीले राति कफलाई ह्वात्तै बढ्न मद्दत गर्छ।
-एलर्जी, उल्टी र अमिलो डकार आउने समस्या हुन्छ।
-मासुसँग दही कहिल्यै नखानुस।
-अमिलो दही तातो खानासँग कहिल्यै नखानुस।

