eNepal

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार २ सय बढीमा कोरोना पुष्टि

काठमाडौँ, जेठ-४। नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार २ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ४ लाख ७२ हजार ३ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा नेपालमा थप ६ हजार ८ सय ९१ जना कोरोना संक्रमण मुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगेको छ ।

त्यस्तै नेपालमा आज मात्र थप १ सय ९६ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन। योसँगै नेपालमा ज्यान गुमाउनेको कूल संख्या ५ हजार ४ सय ११ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा २ हजार ४९, ललितपुरमा ३ सय ६५ र भक्तपुरमा २ सय २१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। हालसम्म काठमाडौं उपत्यकामा ४० हजार ७ सय ७४ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २७ हजार ३ सय ३९ ललितपुरमा ६ हजार ९ सय ९० र भक्तपुरमा ४ हजार ९ सय १६ जना सक्रिय संक्रमित रहेका छन।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal