eNepal

यस्तो छ नेपालमा कोरोना संक्रमणको पछिल्लो आवस्था, आज मात्र २१४ जनाले गुमाए ज्यान

काठमाडौँ, जेठ-३। आज मात्रै नेपालमा थप ९ हजार २ सय ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर विधि र एन्टिजन विधिबाट २२,००० भन्दा केही बढी परीक्षणमा ९ हजार २ सय ४७ जनामा संक्रमण देखिएको हो। त्यस्तै कोरोना संक्रमणबाट आज २१४ जनाले ज्यान गुमाएका छन। यो संगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५ हजार २ सय १५ पुगेको छ।

त्यस्तै आज थपिएका संक्रमित सहित अहिले देशभरि १,१३,४८० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ७ सय ६७ जना संक्रमण मुक्त भएका छन।

त्यसैगरी मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा सोमवार पनि काठमाडौँ उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी भएको देखिन्छ। अहिले काठमाडौँमा २,३४६ जना, ललितपुरमा ४५४ जना र भक्तपुरमा २९८ जना संक्रमित थपिएका हुन्।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal